Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सामाजिक सञ्जाल नियन्त्रण बारे सचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । परिवर्तन नेपाल फाउन्डेसन र वडा प्रहरी कार्यालय, विर्ताकाे संयुक्त आयाेजनामा लागू औषधी, अपराध नियन्त्रण तथा सामाजिक सञ्जाल नियन्त्रण बारे सचेतना कार्यक्रम साेमबार सम्पन्न भएकाे छ ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजकाे रेल्बे राेडस्थित रहेकाे देव पार्टी प्यालेसमा भएकाे कार्यक्रममा विभिन्न विद्यालय र क्लेजमा अध्यनरत विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियो ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले समाजमा विकृति हुनुको कारण नै आजको युवा/युवतिहरु लागू औषधी सेवन गर्नु रहेकाे वताएका थिए । वक्ताहरुले आजको युगमा धेरै युवा/युवतिहरु लागु औषध सेवन गर्नमा लाग्नु चिन्ताकाे विषय भएकाे वताए ।

युवा भनेको देशको कर्णधार हुन ,घरको उज्यालो हुन, आमा बुवाको सपना हुन । त्यसैले युवाहरु बाट नै समाज देखि राष्ट्र सम्म र राष्ट्र देखि देश सम्म सकारात्मक परिवर्तन हुन्छ । सोका निम्ति यस्ता कुलतबाट आफू सुरक्षित बसी अरूलाई पनि सुरक्षित राख्नु पर्ने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले वताए ।

उनले भिडियो प्रस्तुत मार्फत संक्षिप्तमा व्याख्या गरी यस कार्यक्रमलाई ऊर्जावान, नाशा मुक्तको नारासहित निकै प्रभावशाली र लाभदायक बनाउनु भएकाे परिवर्तन नेपाल फाउन्डेसनका सचिव बिशेष साहले जानकारी दिए ।

सोही कार्यक्रममा हेरिटेज माध्यमिक विद्यालय, इम्पेरियल कलेज, मेरिगोल्ड माध्यमिक विद्यालय, शिक्षा इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका शिक्षक, शिक्षिका, समाजसेवी युवा /युवतीहरुकाे पनि उपस्थिति रहेको थियो । कार्यक्रम परिवर्त नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवालकाे अध्यक्षतामा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...