Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बहुअरीमा मेला समिति गठन

spot_img
spot_img

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी टोलमा शनिबार मेला समिति गठन भएको छ । हरेक वर्ष झै यस वर्ष पनि असोज १५ गते शनिबारका दिन महावीरी झण्डा लाग्न गइरहेको र सोको लागि श्यामबाबु (लोहा सिंह) पटेलको अध्यक्षतामा ९ सदस्यीय मेला समिति गठन गरिएको हो ।

जुन समितिकाे सचिवमा अखिल पटेल, कोषाध्यक्षमा सागर (लालू) पटेल, सदस्यहरुमा दिनेश पटेल, सन्दिप पटेल, रामकुमार पटेल, जटाशंकर पटेल, सुजीत पटेल, सनी साह लगायतका रहेका छन ।

मेलामा ठकरा, ढोल तासा, खेल तमासा, झाक्री, देश विदेशका पहलवानहरुबिच लडाई, नाच लगायतका मनोरन्जनात्मक सामग्रीहरूको व्यवस्था मिलाइने समितिका अध्यक्ष श्यामबाबु पटेलले बताए । यस पालिको मेला विगतको भन्दा फरक तरिकाले गर्ने र टोलका जेष्ठ नागरिकलाई सम्मान समेत गर्ने समितिका सचिव अखिल पटेलले जानकरी दिए ।

परवानीपुर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा बसेकाे बैठकमा वडा सदस्य दारा सिंह पटेल, रामेश्वर पटेल, भोला पटेल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...