Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

फाेटाे पत्रकार महासंघ पर्साकाे तेस्राे अधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

spot_img
spot_img

वीरगंज । नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे तेस्राे अधिवेशन सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे अधिवेशनले सफल खतिवडाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसहमत चयन गरेकाे छ ।

जुन समितिकाे उपाध्यक्षमा माधुरी महताे, सचिवमा श्रवण कुमार साह, काेषाध्यक्षमा शम्भु कुमार सुमन, सदस्यहरुमा प्रणय साह, राजन श्रीवास्तव, विनाेद पटेल, प्रमाेद यादव, चिरन्जीवी यादव, राहुल गुप्ता, आराेहण साह लगायतका रहेका छन् ।

निर्वतमान अध्यक्ष विजय चाैहानकाे अध्यक्षतामा भएकाे अधिवेशनकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

अधिवेशन उद्घाटन सत्रलाई सम्बाेधन गर्दै मेयर सिंहले सहीलाई सही र गलतलाई गलत लेख्न सक्नु पर्नेमा जोड दिए । नेपाल फोटो उनले पत्रकारको कलमले गलत सही जे हो त्यही लेख्न सक्नु पर्नेमा जोड दिए ।

हतियारमा भन्दा कलममा तागत धेरै हुने भएकाले पत्रकारले चलाउने कलम निष्पक्ष भएर चल्नु पर्ने उनले बताए । अहिले फोटो पत्रकारीतातर्फ युवाहरुको प्रवेश उल्लासमय नरहेको देखिएको भन्दै उनले पत्रकारिता त्यसमा पनि फोटो पत्रकारहरुको उन्नयनमा महानगर सँधै साथमा रहेको स्पष्ट पारे ।

वीरगंजकाे मात्रै नभई समग्र पर्सा जिल्लाको पत्रकारितामा महानगरले गर्न सक्ने सहयोग गर्न सँधै तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा मधेश विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.दिपक शाक्यले वीरगञ्जमा विश्वविद्यालय स्थापना हुनु यहाँका लागि गर्वको कुरा भएको बताए ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपला पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द चौहान, केन्द्रीय सदस्य केशी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष अनुप तिवारी, फोटो पत्रकार महासंघका मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, राम सर्राफ, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य निलिमा पौडेल, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...