Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धाेबिनीमा अख्तियारकाे टाेली, विभिन्न याेजनाकाे स्थलगत निरिक्षण

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग हेटाैंडाकाे टाेली पुगेकाे छ । अख्तियारमा परेकाे विभिन्न याेजनाकाे बारेमा छानविन गर्न टाेली पुगेकाे वताइएकाे छ ।

अख्तियारकाे टाेलीले मंगलबार गाउँपालिकामा पुगी उजरी परेकाे विभिन्न याेजनाकाे स्थलगत निरिक्षण गरे हाे । उजरी परेकाे वाकी याेजना पुन: बुधबार स्थलगत निरिक्षण गर्नु साथै छानविन गर्ने छ । 

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे पालमा विभिन्न याेजना भएकाे अनियमितताकाे सम्बन्धमा स्थानियले अख्तियारमा उजरी दिएपछि छानविन गर्न टाेली पुगेकाे हाे । प्रमुख प्रशासकिय अधिकृतले कमिशन लाेभमा स्टिमेट अनुसार काम नभएकाे याेजनाकाे पनि निकास गरेपछि स्थानियले अख्तियारमा उजरी दिएका थिए ।

त्यसैगरी नियम विपरित गाउँपालिकाकाे शिक्षा शाखा प्रमुखमा बृजकिशाे त्रिपाठीलाई जिम्मेवारी दिएकाे विषयमा परेकाे उजरी बारेमा पनि अख्तियारकाे टाेलीले छानविन गरेकाे छ ।

यसका साथै धाेबिनी गाउँपालिका पुगेकाे अख्तियारकाे टाेलीले मंगलबार वडा नं. ३ हरिहपुरस्थित एक विद्यालयकाे र वडा नं. ५ धाेबिनीस्थित निर्माण भएकाे ढलान सडककाे स्थालगत निरिक्षण गर्दै नाप नाक्सा समेत गरेकाे गाउँपालिका स्राेतले जनाएकाे छ ।

त्यसैगरी टाेलीले गाउँपालिकाकाे अन्तर्गतकाे विभिन्न विद्यालयकाे लागि आएकाे अनुदानकाे रकम विना कामकाे निकास भएकाे पाइएपछि फिर्ता गर्न लगाएकाे बुझिएकाे छ । 

प्रमुख प्रशासकिय अधिकृत साह कालिकामाई गाउँपालिकामा हुँदा पनि उनी विरुद्ध थुप्रै उजरीहरु परेका थिए । त्यहाँ पनि अख्तियारकाे टाेली पुगी उजरी परेकाे याेजनाहरुकाे स्थलगत निरिक्षण गर्नुकाे साथै छानविन गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...