Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

प्रदेश सभा सदस्य साह विरुद्ध फैलाइएकाे हल्ला निराधार

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर २ को (क) का प्रदेश सभा सदस्य (विधायक) राजेश्वर प्रसाद साहले आफनो राजनीतिक चरित्र हत्या गर्ने नियतले आफनाे विरुद्ध सामाजिक सन्जालमा भ्रमपूर्ण हल्ला फिजाइएको बताएका छन् ।

नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित साहले पार्टी भित्रकै केहि नेता विशेषको निर्देशनमा अराजक तत्वहरुले आफु विरुद्ध निराधार हल्ला फैलाउने दुष्प्रयास गरेकाले त्यसको भ्रममा नपर्न आग्रह समेत समेत गरेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले आफुलाई कारबाही गरेको भनेर केहि नेता विशेषको निर्देशनमा अराजक तत्वले फेसबुक मार्फत भ्रम फिजाएको भन्दै साहले यो कुरा भ्रामक र झुठा रहेको बताए ।

उनले आफुलाई पार्टीले कुनै कारबाही नगरेको भन्दै साहले फेसबुकमा फिजाइएको हल्ला बारे जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र अनुशासन समितिका संयोजक समेत रहेका प्रवक्ता रमेश पाण्डे दुवै नेतालाई फोनबाट सम्पर्क गरेर सोध्दा पनि यस बारे दुवै जना अनविज्ञ रहेको पाइएको बताए ।

जिल्लाकै एक नेताले आफु प्रति पूर्वाग्रह राखेर आफना आसेपासे मार्फत भ्रामक हल्ला फिजाएर आफनो राजनीतिक चरित्र हत्या गर्न खोजेको साहकाे भनाई छ । पार्टीले कारवाही गरेको विषयमा आफुलाई कुनै लिखित वा मौखीक जानकारी समेत नआएको बताउँदैै साहले यस्ता भ्रामक गतिविधीले पार्टीलाई समेत कमजोर बनाउने वताए ।

त्यसैले यस्ता भ्रामक र अराजक गतिविधीमा संलग्न नेता र कार्यकर्तालाई कारबाही गर्न पनि उनले पार्टीको जिल्ला नेतृत्वसंग आग्रह समेत गरेका छन् । आफनो निर्वाचन क्षेत्रका नेता कार्यकर्ता र जनताको समर्थन आफु प्रति रहेको कुरा दुई दिन अघि मात्र भएका वडा भेलाहरुले पुष्टि गरिसकेको भन्दै साहले आफना बारेमा भ्रामक प्रचार नगर्न सम्बन्धित पक्षलाइ चेतावनी पनि दिए ।

यता नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले पनि विधायक साह माथी कुनै किसिमकाे कारवाही नभएकाे वताए । पार्टीको मर्यादा बिपरित कार्य गरेको भन्दै उजुरी परेको अधारमा स्पष्टिकरण मात्र सोधिएको प्रवक्ता पाण्डेले बताए ।

विधायक साहमाथी कारवाही गर्ने अधिकार जिल्ला कार्य समितिसंग नरहेको बताउँदै पाण्डेले फेसवुकमा लेखिएको हल्लाको पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह समेत गरे । उनले विधायक साहलाई कारवाही गर्ने अधिकार जिल्ला समितिसंग नरहेकाे समेत प्रष्ट पारे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...