Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्साकाे एक यस्ताे विद्यालय, जहाँ एक दिन विद्यार्थी पढछन् र एक दिन घर मै बस्छन्

spot_img
spot_img

वीरगंंज । पर्साकाे धाबिनी गाउँपालिका वडा नं. १ भिखमपुर, पिपरामा रहेकाे एक माध्यमिक विद्यालयमा जाेडविजाेड अनुसार अध्ययन अध्यापन हुने गरेकाे समाचार प्राप्त भएकाे छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्याल भिखमपुर, पिपरामा एक दिन जाेड र एक दिन विजाेड राेल नम्बर भएका विद्यार्थीहरुकाे लागि कक्षा संचालन हुने गरेकाे छ ।

शिक्षक अभावमा लामाे समयदेखि एक दिन विद्यार्थी पढन पाउने र एक दिन घर मै बस्न गरेपनि सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन । स्थानियका अनुसार एक बर्ष भन्दा बढी देखि नै कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरु एक दिन विद्यालयमा गएर पढन पाउने र एक दिन घर मै बस्ने पर्ने बाध्यता रहेकाे छ ।

एउटा कक्षामा दुई सय जति विद्यार्थी भएका कारण एउटा कक्षामा अटाउन नसक्ने र अर्काे सेक्सन संचालन गर्न शिक्षक अभावका कारण जाेडविजाेड गरेर कक्षा संचालन गर्ने गरिएकाे छ । त्यस कारण विद्यार्थीहरुले विदाकाे दिन वाहेक प्रत्येक दिन पढन पाउनु पर्ने अधिकारबाट बंचित हुँदै आएका छन् ।

शिक्षक अभावका कारण जाेड विजाेड माध्यमले कक्षा संचालन गरिएकाे विद्यालयका प्रधानाध्यापक विनय प्रसाद कुर्मीले वताए । उनका अनुसार एक हजार ६ सय बिद्यार्थी रहेको बिद्यालयमा ८ जन मात्र शिक्षक रहेका छन् ।

गाउँपालिकाकाे शिक्षा क्षेत्रमा बजेट छुट्याएका कारण विद्यालयकाे समस्या समाधान नभएकाे वडाध्यक्ष बन्धु साह तेलीले वताए । उनले जाेडविजाेडले कक्षा संचालन गर्नु गलत भएकाे वताउँदै तुरुन्त त्यसलाई आफुले खारेज गर्न तर्फ लागेकाे वताए ।  

 गाउँपालिका संग प्राप्त स्राेत साधन हुँदा पनि शिक्षक अभावका कारण विद्यार्थीहरुले पढन पाउनु पर्ने अधिकारीबाट बन्चित हुनु कार्य लजास्पद रहेकाे छ । यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...