Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

पर्साकाे एक यस्ताे विद्यालय, जहाँ एक दिन विद्यार्थी पढछन् र एक दिन घर मै बस्छन्

spot_img
spot_img

वीरगंंज । पर्साकाे धाबिनी गाउँपालिका वडा नं. १ भिखमपुर, पिपरामा रहेकाे एक माध्यमिक विद्यालयमा जाेडविजाेड अनुसार अध्ययन अध्यापन हुने गरेकाे समाचार प्राप्त भएकाे छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्याल भिखमपुर, पिपरामा एक दिन जाेड र एक दिन विजाेड राेल नम्बर भएका विद्यार्थीहरुकाे लागि कक्षा संचालन हुने गरेकाे छ ।

शिक्षक अभावमा लामाे समयदेखि एक दिन विद्यार्थी पढन पाउने र एक दिन घर मै बस्न गरेपनि सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन । स्थानियका अनुसार एक बर्ष भन्दा बढी देखि नै कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरु एक दिन विद्यालयमा गएर पढन पाउने र एक दिन घर मै बस्ने पर्ने बाध्यता रहेकाे छ ।

एउटा कक्षामा दुई सय जति विद्यार्थी भएका कारण एउटा कक्षामा अटाउन नसक्ने र अर्काे सेक्सन संचालन गर्न शिक्षक अभावका कारण जाेडविजाेड गरेर कक्षा संचालन गर्ने गरिएकाे छ । त्यस कारण विद्यार्थीहरुले विदाकाे दिन वाहेक प्रत्येक दिन पढन पाउनु पर्ने अधिकारबाट बंचित हुँदै आएका छन् ।

शिक्षक अभावका कारण जाेड विजाेड माध्यमले कक्षा संचालन गरिएकाे विद्यालयका प्रधानाध्यापक विनय प्रसाद कुर्मीले वताए । उनका अनुसार एक हजार ६ सय बिद्यार्थी रहेको बिद्यालयमा ८ जन मात्र शिक्षक रहेका छन् ।

गाउँपालिकाकाे शिक्षा क्षेत्रमा बजेट छुट्याएका कारण विद्यालयकाे समस्या समाधान नभएकाे वडाध्यक्ष बन्धु साह तेलीले वताए । उनले जाेडविजाेडले कक्षा संचालन गर्नु गलत भएकाे वताउँदै तुरुन्त त्यसलाई आफुले खारेज गर्न तर्फ लागेकाे वताए ।  

 गाउँपालिका संग प्राप्त स्राेत साधन हुँदा पनि शिक्षक अभावका कारण विद्यार्थीहरुले पढन पाउनु पर्ने अधिकारीबाट बन्चित हुनु कार्य लजास्पद रहेकाे छ । यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...