Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पर्सागढी ५ मा पनि कांग्रेसकाे भेला, राजेशवर साहलाई नै उम्मेदवार बनाउन माग गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. २ काे (क) अन्तर्गत गर्ने पर्सागढी नगरपालिकाकाे वडा नं. ५ पचरुखीमा बिहिबार नेपाली कांग्रेसकाे वडा भेला सम्पन्न भएकाे छ । 

वडा समितिका सभापति अनवर आलमकाे सभापतित्वमा भएकाे भेलामा सहभागिहरुले प्रदेश सभा सदस्य (विधायक) राजेश्वर साहकाे कार्यकालमा भएकाे कामकाे प्रशंसा गर्दै पुन: उनलाई नै पार्टीले टिकट दिनु पर्ने माग गरेका छन् । वडा भेलाले सर्वसहमती माइनट नै गर्दै सांसद साहले आफ्नाे कार्यकालमा राम्राे काम गरेका कारण पुन: मंसिर ४ गते हुने निर्वाचनमा उनलाई नै पार्टीले टिकट दिनु पर्ने निर्णय गरेका हुन् ।

यस अघि वीरगंज महानगरपालिकाकाे वडा नं. २७ र २८ मा पनि भएकाे कांग्रेसकाे वडा भेलाले सांसद साहलाई नै पुन: पार्टीले उम्मेदवार बनाउनु पर्ने माग गर्ने निर्णय गरिसकेका छन् । पार्टीले गठबन्धनकाे नाम जितेकाे प्रदेश सभा क्षेत्र अन्य दललाई दिए पार्टीले ठूलाे क्षति भाेग्नु पर्ने उनीहरुले चेतावनी समेत छ ।

पंचरुखिमा भएकाे भेलामा बाेल्ने स्थानिय नेता तथा कार्यकर्ताहरुले पनि गठबन्धनकाे नाममा जितेकाे क्षेत्र अरु दललाई दिए पार्टी ठूलाे क्षति हुने वताए । उनीहरुले क्षेत्र नं. २ काे (क) मा राजेश्वर साहकाे विकल्प नरहेकाे वताउँदै उनलाई पुन: उम्मेदवार बनाउन जाेडदार रुपमा माग समेत गरे । राजेश्वर साहलाई उम्मेदवार नबनाएकाे खण्डमा अरु दलका उम्मेदवारलाई आफूहरुले मतदान नगर्ने उनीहरुले चेतावनी समेत दिए । 

भेलाकाे प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य राजेश साहले आफुलाई जनताले प्रदेश सभा सदस्यमा विजयी गराएर सांसद बनाएका कारण पुन: आफु जनता माझ आएकाे वताए । उनले बाहिर जस्ताे सुकै हला चले पनि आफूलाई तपाईहरुले दिएकाे सल्लाह सुझाव अनुसार अगाडी बढने वताए ।

भेलामा वीरगंज महानगरपालिकाका वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण कुर्मी, कांग्रेसका प्रदेश प्रतिनिधि महिन्द्र महताे, क्षेत्रिय प्रतिनिधि मुन्ना तिवारी, वीरगंज २८ का उपसभापति छठु पटेल, पर्सागढी ७ का सभापति शम्भु पटेल, पर्सागढी ५ का उप सभापति देवकी साह लगायत वडा अन्तर्गतका क्षेत्रिय प्रतिनिधि, वडा समितिका पदाधिकारी, सदस्यहरु, क्रियाशिल सदस्यहरु र स्थानिय नेता तथा  कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...