Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

माेटरसाइक दुर्घटनामा वीरगंजका बिष्टकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे ठोरी गाउँपालिका वडा नं. ४ स्थित भित्री सडक खण्डको सिकारी बाँस पुल नजिक बुधबार सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

प्रदेश २-०३-०११ प १४८४ नम्बरको मोटरसाईकल बुधबार दिउसाे ४:३० बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माेटरसाइकल चालक वीरगंज महानगरपालिकाकाे वडा नं. २ बस्ने वर्ष ४५ को जगदिप बिष्टकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुर्घटना भएर मृत्यु भएकाे सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक शंकर श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरी सहितको अनुसन्धान अधिकृतको टोली घटनास्थलमा पुगी हेर्दा बिष्टको उल्लेखित स्थानमा सडक दुर्घटनाबाट मृत्यु भैसकेको पाएको प्रहरीले जनाएकाे छ ।

घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । मृतक बिष्ट वीरगंज महमानगरपालिका वडा नं. ९ का कर्मचारी रहेकाे वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...