Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

माेटरसाइक दुर्घटनामा वीरगंजका बिष्टकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे ठोरी गाउँपालिका वडा नं. ४ स्थित भित्री सडक खण्डको सिकारी बाँस पुल नजिक बुधबार सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

प्रदेश २-०३-०११ प १४८४ नम्बरको मोटरसाईकल बुधबार दिउसाे ४:३० बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माेटरसाइकल चालक वीरगंज महानगरपालिकाकाे वडा नं. २ बस्ने वर्ष ४५ को जगदिप बिष्टकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुर्घटना भएर मृत्यु भएकाे सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक शंकर श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरी सहितको अनुसन्धान अधिकृतको टोली घटनास्थलमा पुगी हेर्दा बिष्टको उल्लेखित स्थानमा सडक दुर्घटनाबाट मृत्यु भैसकेको पाएको प्रहरीले जनाएकाे छ ।

घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । मृतक बिष्ट वीरगंज महमानगरपालिका वडा नं. ९ का कर्मचारी रहेकाे वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको...