Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

मेयर सिंहकाे एक्सनले वीरगंजबासीले पाउने भए थप १० हजार बाेरा मल

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने सहमतिपछि आफूले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह नेतृत्वमा कृषकहरुले आइतबार कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पाैडेल र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमति भएपछि मल फिर्ता भएकाे हाे । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ ।

यस्तै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगंजलाई उपलब्ध गराउने सहमति पनि भएको छ । यो सहमतिपछि वीरगंज महानगरपालिकाले आफूले नियन्त्रणमा लिएको ४ ट्रक युरिया मल कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ ।

वीरगंज महानगर र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालय वीरगंजकाे समन्वयमा संचार सम्पर्क एवम् टेलिफाेन बार्ता गर्दा कृषि सामग्री कम्पनीका का.मु. प्रबन्धक संचालक र संघिय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री समेतकाे सहमती प्राप्त पछि वीरगंज महानगरलाई थप १० हजार बाेराे युरिया मल उपलब्ध गराउने सहमती भएकाे जनाइएकाे छ ।

ओमानबाट भारतहुँदै आएको मल वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा कृषकहरुले आइतबार वीरगंज १६ स्थित भुटनदेवी ईनर्वामा रहेकाे भण्डारणबाट लाेड भई अन्य जिल्लामा जान लागेकाे मलका ट्रकहरु नियन्त्रणमा लिएका थिए ।

दिउँसो १ बजे पर्वतका लागि छुटेको एउटा, धनुषाको ढल्केबरका लागि २ ट्रक र रौतहटको चन्द्रनिगाहपुरका लागि छुटेको एउटा ट्रकलाई मेयर नेतृत्वको कृषकहरुले नियन्त्रणमा लिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...