Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

मेयर सिंहकाे एक्सनले वीरगंजबासीले पाउने भए थप १० हजार बाेरा मल

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने सहमतिपछि आफूले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंह नेतृत्वमा कृषकहरुले आइतबार कृषि सामग्री कम्पनीको ४ ट्रक मल नियन्त्रणमा लिएको थियो । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पाैडेल र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमति भएपछि मल फिर्ता भएकाे हाे । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ ।

यस्तै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगंजलाई उपलब्ध गराउने सहमति पनि भएको छ । यो सहमतिपछि वीरगंज महानगरपालिकाले आफूले नियन्त्रणमा लिएको ४ ट्रक युरिया मल कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ ।

वीरगंज महानगर र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालय वीरगंजकाे समन्वयमा संचार सम्पर्क एवम् टेलिफाेन बार्ता गर्दा कृषि सामग्री कम्पनीका का.मु. प्रबन्धक संचालक र संघिय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री समेतकाे सहमती प्राप्त पछि वीरगंज महानगरलाई थप १० हजार बाेराे युरिया मल उपलब्ध गराउने सहमती भएकाे जनाइएकाे छ ।

ओमानबाट भारतहुँदै आएको मल वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा कृषकहरुले आइतबार वीरगंज १६ स्थित भुटनदेवी ईनर्वामा रहेकाे भण्डारणबाट लाेड भई अन्य जिल्लामा जान लागेकाे मलका ट्रकहरु नियन्त्रणमा लिएका थिए ।

दिउँसो १ बजे पर्वतका लागि छुटेको एउटा, धनुषाको ढल्केबरका लागि २ ट्रक र रौतहटको चन्द्रनिगाहपुरका लागि छुटेको एउटा ट्रकलाई मेयर नेतृत्वको कृषकहरुले नियन्त्रणमा लिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...