Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजकाे ड्राइपाेर्टबाट मालवाहक ट्रकमा गाँजा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. २४ ड्राइपाेर्टबाट १४३.५ के.जी. लागु औषध गाँजा बरामद गरेकाे छ । विशेष सूचनाकाे आधारमा सशस्त्र  सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएकाे टाेलीले भारतिय युपि ७५ एम ४०८९ नम्बरकाे ट्रकबाट उक्त परिणामकाे गाँजा बरामद  गरेकाे हाे ।

ड्राइपाेर्ट परवानीपुर सडक खण्डस्थित परवानीपुर पेट्राेल पम्पदेखि अनदाजी १५० मिटर उत्तर तर्फ बहुअरी चाेकमा राेकी राखेकाे भारतिय नम्बरकाे मालवाहक ट्रकबाट लागु औषध गाँजा बरामद भएकाे सशस्त्र प्रहरी बल नं. १३ गणका सुचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।

भारतिय नम्बरकाे ट्रकममा प्रतिबन्धित लागु औषध गाँजा लुकाई छिपाई राखेकाे भन्ने विशेष सूचनाकाे आधारमा नं. १३ गणबाट खटिएकाे ७ जनाकाे गाडी टाेलीले उक्त ट्रक वेवारिसे अवस्थामा फेला पारी खनतालासी गर्दा उक्त ट्रककाे सवारी चालक क्याविन माथीकाे हुटमा बाकस माथी सामान राख्ने खण्ड बनाई लुकाई छिपाई राखेकाे १० प्याकेट (१४३.५ के.जी.) प्रतिबन्धित लागु औषध गाँजा फेला परेकाे उनले वताए ।

फेला परेकाे प्रतिबन्धित लागु औषध गाँजासहितकाे ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीकाे लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकाे सुचना अधिकारी बस्नेतले जानकारी गराए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...