Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजकाे ड्राइपाेर्टबाट मालवाहक ट्रकमा गाँजा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. २४ ड्राइपाेर्टबाट १४३.५ के.जी. लागु औषध गाँजा बरामद गरेकाे छ । विशेष सूचनाकाे आधारमा सशस्त्र  सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएकाे टाेलीले भारतिय युपि ७५ एम ४०८९ नम्बरकाे ट्रकबाट उक्त परिणामकाे गाँजा बरामद  गरेकाे हाे ।

ड्राइपाेर्ट परवानीपुर सडक खण्डस्थित परवानीपुर पेट्राेल पम्पदेखि अनदाजी १५० मिटर उत्तर तर्फ बहुअरी चाेकमा राेकी राखेकाे भारतिय नम्बरकाे मालवाहक ट्रकबाट लागु औषध गाँजा बरामद भएकाे सशस्त्र प्रहरी बल नं. १३ गणका सुचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।

भारतिय नम्बरकाे ट्रकममा प्रतिबन्धित लागु औषध गाँजा लुकाई छिपाई राखेकाे भन्ने विशेष सूचनाकाे आधारमा नं. १३ गणबाट खटिएकाे ७ जनाकाे गाडी टाेलीले उक्त ट्रक वेवारिसे अवस्थामा फेला पारी खनतालासी गर्दा उक्त ट्रककाे सवारी चालक क्याविन माथीकाे हुटमा बाकस माथी सामान राख्ने खण्ड बनाई लुकाई छिपाई राखेकाे १० प्याकेट (१४३.५ के.जी.) प्रतिबन्धित लागु औषध गाँजा फेला परेकाे उनले वताए ।

फेला परेकाे प्रतिबन्धित लागु औषध गाँजासहितकाे ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीकाे लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकाे सुचना अधिकारी बस्नेतले जानकारी गराए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...