Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सशस्त्र प्रहरीद्वारा बहुदरमाईबाट भारी मात्रामा गाँजा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिकाबाट भारी मात्रामा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गणकाे टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरको छपकैयाबाट २४० किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो ।

विश्रामपुरको छपकैयास्थित श्री बाल निकेतन ईगलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई राखेको अवस्था उक्त परिमाणको लागू औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरिक्षक सन्तोष कुमार बस्नेतले वताए ।

बरामद गरिएको लागू औषध आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकाे सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

बरामद गरिएको गाँजा तस्करहरुको समूहले छिमेकी जिल्लाबाट भित्रियाईएको थियो । समय अनुकुल अनुसार उक्त गाँजा भारतको तर्फ तस्करी गर्नको लागि भित्रियाईपनि भारत तर्फ लैजान नसकेपछि विश्रामपुरमा लुकाई छिपाई राखिएको थियो । सूचना अधिकारी बस्नेतका अनुसार, तस्करीमा संलग्न व्यक्तिहरुको पनि पहिचान गर्ने काम भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...