Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

उद्याेगी वैद्य वीरगंज महानगरकाे सद्भावना दूतमा पुन: नियुक्त

spot_img
spot_img

वीरगंज । उद्योगी अशोक बैद्य वीरगंज महानगरपालिकाको सद्भावना दूतमा पुन: नियुक्त भएका छन् । मेयर राजेशमान सिंहले बिहीबार बैद्यलाई महानगरको सद्भावना दूतमा नियुक्त गरेका हुन् ।

नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष समेत रहेका बैद्यलाई महानगरपालिकाको नगर सभाको पहिलो अधिवेशनको निर्णयबाट सद्भावना दूतमा नियूक्त गर्ने निर्णय गरिएको थियो ।

वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका वैद्यले वीरगंज महानगर क्षेत्र भित्र आर्थिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा पर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हालै सम्पन्न महानगरको नगर सभाको ११ औं अधिवेशनले उनलाई पुनः सद्भावना दूत नियूक्त गरेको मेयर सिंहका स्वकीय सचिव सत्याराज घिमिरेले जानकारी दिए ।

सद्भावना दूतकाे रुपमा वैद्यले वीरगंज महानगरपालिकाको वृहत्तर विकास, अन्तर्राष्ट्रिय सहयोग, सम्वन्ध विस्तार र लगानि अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने महानगरले विश्वास लिएको घिमिरेले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...