Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

उद्याेगी वैद्य वीरगंज महानगरकाे सद्भावना दूतमा पुन: नियुक्त

spot_img
spot_img

वीरगंज । उद्योगी अशोक बैद्य वीरगंज महानगरपालिकाको सद्भावना दूतमा पुन: नियुक्त भएका छन् । मेयर राजेशमान सिंहले बिहीबार बैद्यलाई महानगरको सद्भावना दूतमा नियुक्त गरेका हुन् ।

नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष समेत रहेका बैद्यलाई महानगरपालिकाको नगर सभाको पहिलो अधिवेशनको निर्णयबाट सद्भावना दूतमा नियूक्त गर्ने निर्णय गरिएको थियो ।

वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका वैद्यले वीरगंज महानगर क्षेत्र भित्र आर्थिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा पर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हालै सम्पन्न महानगरको नगर सभाको ११ औं अधिवेशनले उनलाई पुनः सद्भावना दूत नियूक्त गरेको मेयर सिंहका स्वकीय सचिव सत्याराज घिमिरेले जानकारी दिए ।

सद्भावना दूतकाे रुपमा वैद्यले वीरगंज महानगरपालिकाको वृहत्तर विकास, अन्तर्राष्ट्रिय सहयोग, सम्वन्ध विस्तार र लगानि अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने महानगरले विश्वास लिएको घिमिरेले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...