Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

आइजिपीलाई चुनौती दिदै घुमुवा

spot_img
spot_img

वीरगंज । उदेश्यभन्दा विपरितका गतिविधिमा खटिएको थाहा पाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले देशभरीका घुमुवालाई हटाए । दरबन्दीमा नियमित डिउटीमा नखटाए इन्चार्जलाई नै कारबाहीको चेतावनी समेत दिए । तर, आइजिपीलाई गुमराहमा राखेर मधेश प्रदेशका कतिपय जिल्लामा एसपीहरू घुमुवा खटाइरहेका छन् । खासगरी मधेस प्रदेशमा यस्तो विकृत्ति व्यापक छ ।

पर्सा, बारा, सप्तरी, सिरहा लगायतका जिल्लामा सशस्त्र प्रहरीका घुमुवाकै मिलेमतोमा तस्करी बढीरहेको छ । सप्तरी जिल्लामा एसपी प्रदिप खड्काले १० जना बढी घुमुवा परिचालन गरेका छन् । सहायक हवल्दारहरू सन्तोष प्रणामी, अशोक पेक्रा, अजय शाह छन् । जवानहरू अर्जुन यादव, सजीव मण्डल, प्रवीन्द्र खेरबार, मनोज चौधरी, कमलेश यादव लगायतलाई विभिन्न नाकामा खटाएका छन् ।

त्यसबाहेक सशस्त्र प्रहरी जवान इमाम आलम र बरिष्ठ हवल्दार अशाेक साह  मधेस प्रदेशको छिन्नमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरको घुमुवाको रुपमा काम गर्दै आएका छन् ।

सिरहाको अवस्था पनि त्यस्तै छ । एसपी रमेशकुमार थापाको प्रत्यक्ष संलग्नतामा विभिन्न नाकाबाट तस्करी मौलाएको छ । सिरहाका ठाडी, माडर लगायतका ठाउँबाट तस्करी बढेको हो । महोत्तरी जिल्लाको सम्सी नाकामा पनि सशस्त्र प्रहरीकै घुमुवाको सेटिङ चलेको छ । बारा, पर्सा, सर्लाही लगायतका जिल्लामा पनि विभिन्न बहानामा गणपतिहरुले घुमवा परिचालन गरिरहेको स्रोत बताउँछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...