Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

आइजिपीलाई चुनौती दिदै घुमुवा

spot_img
spot_img

वीरगंज । उदेश्यभन्दा विपरितका गतिविधिमा खटिएको थाहा पाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले देशभरीका घुमुवालाई हटाए । दरबन्दीमा नियमित डिउटीमा नखटाए इन्चार्जलाई नै कारबाहीको चेतावनी समेत दिए । तर, आइजिपीलाई गुमराहमा राखेर मधेश प्रदेशका कतिपय जिल्लामा एसपीहरू घुमुवा खटाइरहेका छन् । खासगरी मधेस प्रदेशमा यस्तो विकृत्ति व्यापक छ ।

पर्सा, बारा, सप्तरी, सिरहा लगायतका जिल्लामा सशस्त्र प्रहरीका घुमुवाकै मिलेमतोमा तस्करी बढीरहेको छ । सप्तरी जिल्लामा एसपी प्रदिप खड्काले १० जना बढी घुमुवा परिचालन गरेका छन् । सहायक हवल्दारहरू सन्तोष प्रणामी, अशोक पेक्रा, अजय शाह छन् । जवानहरू अर्जुन यादव, सजीव मण्डल, प्रवीन्द्र खेरबार, मनोज चौधरी, कमलेश यादव लगायतलाई विभिन्न नाकामा खटाएका छन् ।

त्यसबाहेक सशस्त्र प्रहरी जवान इमाम आलम र बरिष्ठ हवल्दार अशाेक साह  मधेस प्रदेशको छिन्नमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरको घुमुवाको रुपमा काम गर्दै आएका छन् ।

सिरहाको अवस्था पनि त्यस्तै छ । एसपी रमेशकुमार थापाको प्रत्यक्ष संलग्नतामा विभिन्न नाकाबाट तस्करी मौलाएको छ । सिरहाका ठाडी, माडर लगायतका ठाउँबाट तस्करी बढेको हो । महोत्तरी जिल्लाको सम्सी नाकामा पनि सशस्त्र प्रहरीकै घुमुवाको सेटिङ चलेको छ । बारा, पर्सा, सर्लाही लगायतका जिल्लामा पनि विभिन्न बहानामा गणपतिहरुले घुमवा परिचालन गरिरहेको स्रोत बताउँछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...