Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धाेबिनीका शिक्षा शाखा प्रमुख त्रिपाठीकाे कमिशन लाेभ, प्रअहरु मर्कामा

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले कमिशन बिनाकाे कुनै काम नगर्ने गरेकाे गुनासाे प्राप्त भएकाे छ । 

गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीकाे तलब पठाउन समेत उनले कमिशन माग गरेकाे विद्यालयका प्रधानाध्यापकहरुले गुनासाे गरेका छन् । गाउँपालिकाका लेखापालले असार २२ गते नै तलबकाे चेक बनाएपनि शिक्षा शाखा प्रमुखले कमिशन लाेभमा असार २९ सम्म रकम विद्यालयकाे खातामा नपठाएकाे बुधबार गाउँपालिका कार्यालय भेटिएका प्रधानाध्यापकहरुले गुनासाे गरे ।

शिक्षा शाखा प्रमुखकाे प्रतिक्षामा गाउँपालिका कार्यालय बसेका प्रधानाध्यापकहरुले बुधबार दिउसाे ५ बसे सम्म पनि उनी कार्यालयमा नआएपछि फाेनमा उनलाई अपशब्द समेत वाेल्न बाध्य भएका थिए । त्यस क्रममै उनीहरुकाे फाेनमा डिस्कर्स सुनेर संचारकर्मीहरुकाे एक समुहले समस्या बारे साेध्दा शिक्षा शाखा प्रमुखले कमिशन माग गरेकाे गुनासाे गरे ।

प्रधानाध्यापकहरुले शिक्षा शाखा प्रमुख त्रिपाठीले बालबिकास सहजकर्ता, कार्यालय सहयाेगीकाे साथै छात्रवृति, बुक क्रनर, किताबकाे बाकी २५ प्रतिशत रकमकाे चेक कटेपनि नपठाएकाे गुनासाे गरे । त्रिपाठीले कमिशन लाेभमा रकम विद्यालयकाे खातामा पठाउन ढिलाई गरेकाे प्रधानाध्यापकहरुकाे भनाई थियाे ।

धाेबिनी गाउँपालिका अन्तर्गत ३ मावि, ४ मदारसा, १० आधारभुत विद्यालय गरी जम्मा १७ वटा विद्यालय रहेकाे छ । साे विद्यालय अन्तर्गतका ३० जना बालबिकास सहजकर्ता र कार्यालय सहयाेगीकाे पारिश्रमिक पठाउनमा उनले ढिलाई गरेपछि प्रधानाध्यापकहरु विवाद गरेपछि विहिबार विहान उनले खातामा रकम हालेकाे जानकारी प्राप्त भएकाे छ ।

शिक्षा शाखा प्रमुख त्रिपाठीले प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे मिलाेमताेमा विद्यालयकाे हरेक थाेकमा कमिशन असुल्ने गरेका छन् । उनकाे नियुक्ति गैर कानुनी तरिकाले कमिशन असुल्न कै लागि भएकाे गाउँवासीहरुकाे भनाई रहेकाे छ ।

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत अशाेक राैनियारकाे पालामा त्रिपाठीलाई शिक्षा शाखा प्रमुख बनाइए पनि उनकाे नियुक्ति गैर कानुनी रहेकाे पाइएपछि तत्कालिन प्रमुख प्रशासकिय अधिकृत राजु साहले उनलाई जिम्मेवारी मुक्त गरेका थिए । तर पछि फेरी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा जयचन्द्र साह आएपछि उनलाई शिक्षा शाखा प्रमुखकाे जिम्मेवारी दिएका थिए ।

गाउँपालिकामा हुने शिक्षक नियुक्ति लगायतकाे थाेकमा रकम असुल्न कै लागि त्रिपाठीलाई गैर कानुनी तरिकाले शिक्षा शाखा प्रमुखकाे जिम्मेवारी दिइएकाे गाउँपालिका कै कर्मचारी स्राेतले जनाएकाे छ । उनकाे विषयमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग र अदालतमा समेत उजरी परेकाे छ ।     

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...