Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

धाेबिनीका शिक्षा शाखा प्रमुख त्रिपाठीकाे कमिशन लाेभ, प्रअहरु मर्कामा

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले कमिशन बिनाकाे कुनै काम नगर्ने गरेकाे गुनासाे प्राप्त भएकाे छ । 

गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीकाे तलब पठाउन समेत उनले कमिशन माग गरेकाे विद्यालयका प्रधानाध्यापकहरुले गुनासाे गरेका छन् । गाउँपालिकाका लेखापालले असार २२ गते नै तलबकाे चेक बनाएपनि शिक्षा शाखा प्रमुखले कमिशन लाेभमा असार २९ सम्म रकम विद्यालयकाे खातामा नपठाएकाे बुधबार गाउँपालिका कार्यालय भेटिएका प्रधानाध्यापकहरुले गुनासाे गरे ।

शिक्षा शाखा प्रमुखकाे प्रतिक्षामा गाउँपालिका कार्यालय बसेका प्रधानाध्यापकहरुले बुधबार दिउसाे ५ बसे सम्म पनि उनी कार्यालयमा नआएपछि फाेनमा उनलाई अपशब्द समेत वाेल्न बाध्य भएका थिए । त्यस क्रममै उनीहरुकाे फाेनमा डिस्कर्स सुनेर संचारकर्मीहरुकाे एक समुहले समस्या बारे साेध्दा शिक्षा शाखा प्रमुखले कमिशन माग गरेकाे गुनासाे गरे ।

प्रधानाध्यापकहरुले शिक्षा शाखा प्रमुख त्रिपाठीले बालबिकास सहजकर्ता, कार्यालय सहयाेगीकाे साथै छात्रवृति, बुक क्रनर, किताबकाे बाकी २५ प्रतिशत रकमकाे चेक कटेपनि नपठाएकाे गुनासाे गरे । त्रिपाठीले कमिशन लाेभमा रकम विद्यालयकाे खातामा पठाउन ढिलाई गरेकाे प्रधानाध्यापकहरुकाे भनाई थियाे ।

धाेबिनी गाउँपालिका अन्तर्गत ३ मावि, ४ मदारसा, १० आधारभुत विद्यालय गरी जम्मा १७ वटा विद्यालय रहेकाे छ । साे विद्यालय अन्तर्गतका ३० जना बालबिकास सहजकर्ता र कार्यालय सहयाेगीकाे पारिश्रमिक पठाउनमा उनले ढिलाई गरेपछि प्रधानाध्यापकहरु विवाद गरेपछि विहिबार विहान उनले खातामा रकम हालेकाे जानकारी प्राप्त भएकाे छ ।

शिक्षा शाखा प्रमुख त्रिपाठीले प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे मिलाेमताेमा विद्यालयकाे हरेक थाेकमा कमिशन असुल्ने गरेका छन् । उनकाे नियुक्ति गैर कानुनी तरिकाले कमिशन असुल्न कै लागि भएकाे गाउँवासीहरुकाे भनाई रहेकाे छ ।

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत अशाेक राैनियारकाे पालामा त्रिपाठीलाई शिक्षा शाखा प्रमुख बनाइए पनि उनकाे नियुक्ति गैर कानुनी रहेकाे पाइएपछि तत्कालिन प्रमुख प्रशासकिय अधिकृत राजु साहले उनलाई जिम्मेवारी मुक्त गरेका थिए । तर पछि फेरी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा जयचन्द्र साह आएपछि उनलाई शिक्षा शाखा प्रमुखकाे जिम्मेवारी दिएका थिए ।

गाउँपालिकामा हुने शिक्षक नियुक्ति लगायतकाे थाेकमा रकम असुल्न कै लागि त्रिपाठीलाई गैर कानुनी तरिकाले शिक्षा शाखा प्रमुखकाे जिम्मेवारी दिइएकाे गाउँपालिका कै कर्मचारी स्राेतले जनाएकाे छ । उनकाे विषयमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग र अदालतमा समेत उजरी परेकाे छ ।     

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र...

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...