Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सामा बिन्दबासिनी गाउँपालिका यश बर्षको गाउँ सभा गर्नमा पहिलो

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकाको ११ औं गाउँ सभामा आर्थिक बर्ष २०७९/०८० काे निति तथा कार्यक्रम बिहिबार प्रस्तुत गरिएकाे छ ।

गाउँ कार्यपालिकाकाे कार्यालय बहुअर्वा भाठामा सुरु भएकाे गाउँ सभामा गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष तिवारीले गाउँपालिकाकाे निति तथा कार्यकम प्रस्तुत गर्दै आफ्नाे गाउँपालिका आफै बनाउकाे मुल निति अबिलम्बन गरिने वताए ।

उनले गाउँपालिकाकाे नियमित प्रशासनिक कार्यलाई मुस्कानसहितकाे प्रवाह गरिने वताए । कृषि क्षेत्रलाई गाउँपालिकाकाे उत्पादनकाे प्रमुख क्षेत्रकाे रुपमा विकास गरिने अध्यक्ष तिवारीले वताए । एक वडा एक उत्पादन कार्यक्रम मार्फत राेजगारीकाे समेत श्रृजना गरिने उनले वताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले कार्यक्रममा आएको सलाह, सुझावलाई समेटेर गाउँपलिकालाई सबै भन्दा उत्कृष्ट बनाउने प्रतबद्धता जनाए । उनले खुल्ला रुपमा गाउँ सभा गर्दा गाउँपालिका निति तथा कार्यक्रममा अपनत्व बढने वताए । गाउँ सभाले दिएकाे सेलिङकाे आधारमा टाेल टाेलमा गएर याेजना छनाैट गर्न वडाध्यक्षहरुलाई अधिकृत साहले सुझाव समेत दिए ।

गाउँ सभाले गाउँपालिकाकाे २९ कराेड ५० लाख बराबरकाे बजेट सेलिङ समेत निर्धारण गरेकाे छ । साे बराबरकाे गाउँ सभाले कार्यक्रम तथा या्ेजनाहरु निर्धाण गर्ने जनाइएकाे छ ।

गाउँ सभामा वडा नं. १ का वडाध्यक्ष अक्षयलाल महतो, वडा नं. २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, वडा नं. ३ का वडाध्यक्ष जय प्रकाश चौरसिया, वडा नं. ४ का वडाध्यक्ष अनोज चौरसिया, वडा नं. ५ का वडाध्यक्ष मोहन राउत अहीर, कार्यपालिका सदस्य मान्ती देवी, कुसमी कुमारी देवी, धनपति तत्मीन, रिमा कुमारी देवी, अशोक कुमार गुप्ता, शम्भु प्रसाद बरै, वडा सदस्यहरु, कर्मचारी लगायतहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण रामप्रवेश साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...