Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

मूल्य बृद्धिको विरोधमा वीरगञ्जमा अनेरास्ववियुको प्रदर्शन

spot_img
spot_img

वीरगंज । पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध अनेरास्ववियु पर्साले वीरगञ्जमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मूल्य बृद्धिको विरुद्धमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेटमा प्रदर्शन गरेको हो ।

अरमान हस्मीको अध्यक्षतामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले मूल्यबृद्धि गरेर जनताको ढाड सेक्ने कार्य कदापी सह्य नहुने बताए । उत्पादन र निर्यातलाई बढाउनतर्फ प्रेरित हुनुपर्नेमा मूल्य बढाएर आयातलाई नै थप प्रश्रय दिएको अध्यक्ष अहमदले आरोप लगाए । यथाशिघ्र मूल्य बृद्धि फिर्ता लिएर जनताको दैनिकीलाई सहज बनाउनुपर्ने अहमदको भनाई थियाे ।

प्रदर्शनमा सहभागीहरुले ‘मुल्य बृद्धि फिर्ता गर, सेरे तेरो पाराले, दुख पाए साराले, नेकपा एमाले जिन्दावाद, नाफा घाटा जान्दैनौ, मुल्य बृद्धि मान्दैनौ, निकम्मा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

विरोध प्रदर्शनमा अनिश अन्सारी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य दाउद अलि, महानगर कमिटीका तुफैर अन्सारी, ओबिसिका केन्द्रिय सदस्य राजन साह, शयाम रौनियार, पुकार सुवेदी लगायतको सहभागिता रहेको अनेरास्ववियु वीरगञ्ज महानगर कमिटीका सचिव भक्ती अग्रवालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...