Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

जगरनाथपुरका अध्यक्ष यादव र हाकिम रायद्वारा विभिन्न याेजनाकाे निरिक्षण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षा सुधार अभियानलाई निरन्तरता दिएका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि आफ्नाे पहिलाे प्राथमिकता शिक्षा हुने वताएका अध्यक्ष यादवले गाउँपालिकाकाे शैक्षिक सुधारकाे लागि प्रयासरत देखिएका छन् । 

साेमबार  गाउँपालिकाकाे वडा न.५ मा रहेकाे श्री ने.रा.मा.वि. मसिहानीमा निर्माण भइरहेकाे भवनकाे गाउँपालिका अध्यक्ष यादव प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायकाे साथमा निरिक्षण गरेका छन् । अध्यक्ष यादव र अधिकृत रायले साे विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भइरहेकाे ४ काेठे भवनकाे निरिक्षण गरेका हुन् ।

निरिक्षणकाे क्रममा अध्यक्ष यादवले भवन निर्माण कार्य समय मै पुरा गर्न उपभाेक्ता समितिका अध्यक्षलाई निर्देशन दिए ।

साे पश्चात अध्यक्ष यादव र अधिकृत रायले विद्यालयमा शिक्षक ब्यवस्थापन समबन्धी छलफल समेत गरेका थिए । साथै अनुगमन टाेलीले विद्यालयमा माध्यमिक तहकाे कक्षा निरन्तर संचालन गर्न र सरसफाईमा ध्यान दिन विद्यालयका प्रअलाई निर्देश समेत दिएका थिए ।

यसैगरी अध्यक्ष यादव र अधिकृत रायसहितकाे अनुगमन टाेलीले जगरनाथपुर गाउँपालिका वडा नं. ४ मा देखिएकाे नाला जाम्मकाे समस्या बारे स्थलगत निरिक्षण गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...