Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जगरनाथपुरका अध्यक्ष यादव र हाकिम रायद्वारा विभिन्न याेजनाकाे निरिक्षण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षा सुधार अभियानलाई निरन्तरता दिएका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि आफ्नाे पहिलाे प्राथमिकता शिक्षा हुने वताएका अध्यक्ष यादवले गाउँपालिकाकाे शैक्षिक सुधारकाे लागि प्रयासरत देखिएका छन् । 

साेमबार  गाउँपालिकाकाे वडा न.५ मा रहेकाे श्री ने.रा.मा.वि. मसिहानीमा निर्माण भइरहेकाे भवनकाे गाउँपालिका अध्यक्ष यादव प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायकाे साथमा निरिक्षण गरेका छन् । अध्यक्ष यादव र अधिकृत रायले साे विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भइरहेकाे ४ काेठे भवनकाे निरिक्षण गरेका हुन् ।

निरिक्षणकाे क्रममा अध्यक्ष यादवले भवन निर्माण कार्य समय मै पुरा गर्न उपभाेक्ता समितिका अध्यक्षलाई निर्देशन दिए ।

साे पश्चात अध्यक्ष यादव र अधिकृत रायले विद्यालयमा शिक्षक ब्यवस्थापन समबन्धी छलफल समेत गरेका थिए । साथै अनुगमन टाेलीले विद्यालयमा माध्यमिक तहकाे कक्षा निरन्तर संचालन गर्न र सरसफाईमा ध्यान दिन विद्यालयका प्रअलाई निर्देश समेत दिएका थिए ।

यसैगरी अध्यक्ष यादव र अधिकृत रायसहितकाे अनुगमन टाेलीले जगरनाथपुर गाउँपालिका वडा नं. ४ मा देखिएकाे नाला जाम्मकाे समस्या बारे स्थलगत निरिक्षण गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको...