Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीका निर्वाचन अधिकृत डा. पाैडेलकाे बिदाई

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा आइतबार एक कार्यक्रमकाे बिच निर्वाचन अधिकृतलाई बिदाई गरिएकाे छ । सखुवा प्रसाैनी गाउँपालिकाकाे स्थानिय तह निर्वाचन गराउन निर्वाचन अधिकृतकाे जिम्मेवारी पाएका उप न्यायाधिवक्ता डा. सुर्य प्रसाद पाैडेलकाे गाउँपालिकाले बिदाई गरेकाे हाे ।

गाउँ कार्यपालिकाकाे कार्यालय सखुवा प्रसाैनीमा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष यसवन्त यादव र प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले निर्वाचन अधिकृत डा. पाैडेललाई फुल माला र अविरकाे टिका लगाएर मायाँकाे चिन्हाे प्रदान गरी बिदाई गरेका थिए ।

साे अवसरमा वाेल्दै गाउँपालिका अध्यक्ष यादवले सखुवा प्रसाैनीकाे निर्वाचनमा निर्वाचन अधिकृत डा. पाैडेलकाे भुमिका सराहनिय रहेकाे वताए । उनले बैशाख ३० गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र साैदाभपूर्ण रुपमा सम्पन्न गराउने निर्वाच अधिकृतसहित सम्पूर्णलाई धन्यावाद समेत दिए ।

मुख्य न्यायाधिवक्ताकाे कार्यालय भागमती प्रदेश, हेटाैंडामा कार्यरत उप न्यायाधिवक्ता डा. पाैडेल सखुवा प्रसाैनी गाउँपालिकाकाे निर्वाचन गराउन आएका थिए । सखुवा प्रसाैनीमा बैशाख ८ गते निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे थियाे ।  

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...