Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंज महानगरकाे ११ ‍‍‍औँ अधिवेशन असार १० गते हुने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे ११ ‍‍‍औँ अधिवेशन यही असार १० गते हुने भएकाे छ । महानगरले शुक्रबार सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाकाे ११ औँ नगर अधिवेशन असार १० गते बिहान ८ बजेदेखि नगर सभागृहमा गर्ने जानकारी दिएकाे हाे ।

नगर कार्यपालिकाकाे जेठ ३१ बसेकाे बैठककाे निर्णय अनुसार नगरअधिवेशनमा प्रस्तुत गर्ने एजेण्डा पनि तय गरिएकाे छ ।

नगरअधिवेशनमा आगामी आर्थिक वर्ष २०७९/०८० काे नीतिहरु प्रस्ताव गर्ने, बजेट याेजना तथा कार्यक्रम प्रस्ताव गर्ने, आर्थिक विधेयक २०७९ र विनियाेजन विधेयक २०७९ पेश गर्नुका साथै विविध विषयमाथि छलफल हुने कार्यसूची तय गरिएकाे प्रमुख प्रशासकिय अधिकृत बलिराम ढकालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...