Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

गणतन्त्रमा मुलुकको अवस्था झन जर्जर बन्याे : अध्यक्ष लिङदेन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले देशको अवस्था बारे जनताले सोच्ने बेला आइसकेको बताएका छन् । वीरगंजमा शुक्रबार राप्रपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशलाई अहिलेको दुर्दशाममा पुर्‍याउने नेताहरुलाई पनि जनताले अब चिन्नु पर्ने बेला भइसकेकाे बताए ।

राजतन्त्र हुँदा जनताले अधिकार र सुख पाएन भन्ने बहाना बनाएर नेताहरुले राजा हटाएर गणतन्त्र ल्याएको भएपनि गणतन्त्रमा मुलुकको अवस्था झन जर्जर बनेको उनले बताए । राजतन्त्र हटाएर गणतन्त्र ल्याएको १६ वर्ष पुरा गरि १७ वर्ष भइसकेको भन्दै उनले तर जनताले राजतन्त्रको बेलाको भन्दा अहिले गणतन्त्रमा झन दुख पाइरहेकाे आरोप लगाए ।

लिङगदेनले भने ,‘ हिजो राजा हुँदा के के दुख थियो जनतालाई ? आज गणतन्त्र हुँदा के के सुख पाएका छन्, जनताले ? राजतन्त्रमा देशको अर्थतन्त्र कस्तो थियो ? अहिले गणतन्त्रमा आर्थिक अवस्था कस्तो छ ? यो कुराको मुल्यांकन अब जनता आफैले गर्ने बेला भएको छ ।

अध्यक्ष लिङ्गदेनले राजाभन्दा बढी राष्ट्रपति पाल्न महँगो भएको बताए । राजसंस्थामाथि अहिलेका नेताहरूले विभिन्न आरोप लगाउँदै राजालाई पाल्न धेरै खर्च भयो, राजाले लुटेर विदेशमा रकम जम्मा गरेको जस्ता अनावश्यक आरोप लगाउनेहरू अहिले कति भ्रष्टाचार गरिरहेका छन्, सबै नेपालीलाई थाहा भएको उनको भनाई थियो । 

देशको अस्तित्व खतरामा परेको बताउँदै अहिलेका राजाहरूले बलजफ्ती एमसिसी पास गरेका कारण नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको उनले आरोप समेत लगाए ।

अमेरिकाले एमसिसी पास गराएपछि अहिले एसपिपी पास भए देशमा अमेरिकी सेनाको वर्चस्व बढ्ने र नेपालको अवस्था युक्रेनको जस्तो हुने उनले ठोकुवासमेत गरे । दल प्रवेश कार्यक्रममा मुलुकलाई जोगाउनका लागि आउँदो चुनावमा राप्रपालाई अत्यधिक मत दिएर प्रत्यक्ष प्रधानमन्त्रीसहित अभिभावकको रूपमा राजसंस्थालाई स्थापना गर्न उचित समय आएको उनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता विराज यादव सहित सयाैंकाे संख्यमा राप्रपामा प्रवेश गरेका थिए ।

अञ्चल संयोजक नवराज ढकालको सभापतित्वमा शुरू भएको कार्यक्रममा मोहन यादव, जगरनाथप्रसाद कुर्मी, अङ्गद ठाकुर, सुमेश्वर तिवारी, राप्रपाका वीरगंज महानगर अध्यक्ष जलेश्वर सर्राफ लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...