Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

महिलाहरुकाे नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा “पिछडा वर्गका महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम” सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिकाकाे आर्थिक सहयोग तथा परिवर्तन अभियान नेपालको आयोजनामा क्षमता विकास तालिम सम्पन्न भएकाे हाे ।

तालिममा पिछडा वर्गका महिलाहरुको प्रभावकारी नेतृत्व विकास, राज्यले प्रदान गरेको हक अधिकार, निति निर्माण र निर्णय गर्ने तहमा महिलाहरुको संख्यात्मक र गुणात्मक सहभागिता, महिलाहरुको विकासमा भुमिका, महिला विभेद तथा हिंसा, महिला प्रतिको रुढिवादी सोचमा परिवर्तन, महिलाहरुको विकास कार्यमा सकृय सहभागिता, महिला बाधा अचडन जस्ता विषयहरुमा प्रशिक्षण दिईएको आयाेजक संस्थाका अध्यक्ष मनोज कुमार यादवले जानकारी दिए ।

सखुवा प्रसौनी गाउँपालिकाकी उप–प्रमुख शर्मिला विष्ट महतोको प्रमुख अतिथित्वमा भएकाे तालिममा वडाध्यक्ष मुन्ना राउत कमकर, आयाेजक संस्थाका अध्यक्ष मनोज कुमार यादव, कोषाध्यक्ष दिनेश्वर प्रसाद साहको विशेष उपस्थिति रहेकाे थियाे ।

महिलाहरुको सहभागिता लैंगिक समानता र दिगो तथा न्यायिक विकासको सुचकको रुपमा रहेका महिलाहरुको सक्षम, सवल र सक्रिय बनाउनु सबैको दायित्व रहकाे उप प्रमुख विष्टले बताइन ।

तालिममा मनोज वर्णवाल, माधुरी गुप्ता, दिनेश्वर साह, मनोज यादवले प्रशिक्षण दिएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...