Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धाेबिनी गाउँ कार्यपालिकाे निर्वाचनमा कांग्रेस प्यानल विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँ कार्यपालिका सदस्यकाे निर्वाचनमा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ । ६ कार्यपालिका सदस्यकाे लागि मंगलबार भएकाे निर्वाचनमा कांग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् ।

दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसका दिनेश प्रसाद र नन्दकिशाेर प्रसाद कानु विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय धाेबिनीले जनाएकाे छ । निर्वाचन कार्यालयका अनुसार दुबै जनाले १५/१५ मत ल्याएर विजयी भएका हुन् । उनीहरुकाे प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का दिपक कुमार सर्राफ र प्रमेश्वर ठाकुरले १२/१२ मत पाएका थिए ।

महिला सदस्यमा कांग्रेस कै परमजाेती कुमारी, रिना देवी, सारदा पासवान र शाेभावती देवी विजयी भएका हुन् । चारै जनाले १५/ १५ मत ल्याएर विजयी भएका छन् । उनीहरुकाे प्रतिस्पर्धी जसपाका नगिना देवी, व्यान्ती देवी कुर्मीले १२/१२ मत पाएका थिए भने एमालेका काेशिला देवी पटेल र बचनी देवीले ११/११ मत पाएका थिए ।

२७ मतदाता रहेकाे गाउँ कार्यपालिका सदस्यकाे निर्वाचनमा कांग्रेसका १५, जसपाका ८ र एमालेका ४ मतदाता रहेका थिए । कांग्रेसले एकलै र जसपा र एमालेले गठबन्धन गरेर कार्यपालिका सदस्यकाे चुनाव लडेकाे थियाे ।

५ वडा रहेकाे धाेबिनी गाउँपालिकामा जसपा गाउँपालिका अध्यक्षसहित दुई वडाध्यक्ष, कांग्रेस उपाध्यक्षसहित ३ वडाध्यक्षमा बैशाख ३० गते सम्पन्न निर्वाचनमा जितेकाे थियाे । अब कार्यपालिकामा कांग्रेसकाे बहुमत भएकाे छ । १३ कार्यपालिका सदस्य मध्ये कांग्रेसका १० जना र जसपाका ३ जना मात्र भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...