Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

धाेबिनी गाउँ कार्यपालिकाे निर्वाचनमा कांग्रेस प्यानल विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँ कार्यपालिका सदस्यकाे निर्वाचनमा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ । ६ कार्यपालिका सदस्यकाे लागि मंगलबार भएकाे निर्वाचनमा कांग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् ।

दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसका दिनेश प्रसाद र नन्दकिशाेर प्रसाद कानु विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय धाेबिनीले जनाएकाे छ । निर्वाचन कार्यालयका अनुसार दुबै जनाले १५/१५ मत ल्याएर विजयी भएका हुन् । उनीहरुकाे प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का दिपक कुमार सर्राफ र प्रमेश्वर ठाकुरले १२/१२ मत पाएका थिए ।

महिला सदस्यमा कांग्रेस कै परमजाेती कुमारी, रिना देवी, सारदा पासवान र शाेभावती देवी विजयी भएका हुन् । चारै जनाले १५/ १५ मत ल्याएर विजयी भएका छन् । उनीहरुकाे प्रतिस्पर्धी जसपाका नगिना देवी, व्यान्ती देवी कुर्मीले १२/१२ मत पाएका थिए भने एमालेका काेशिला देवी पटेल र बचनी देवीले ११/११ मत पाएका थिए ।

२७ मतदाता रहेकाे गाउँ कार्यपालिका सदस्यकाे निर्वाचनमा कांग्रेसका १५, जसपाका ८ र एमालेका ४ मतदाता रहेका थिए । कांग्रेसले एकलै र जसपा र एमालेले गठबन्धन गरेर कार्यपालिका सदस्यकाे चुनाव लडेकाे थियाे ।

५ वडा रहेकाे धाेबिनी गाउँपालिकामा जसपा गाउँपालिका अध्यक्षसहित दुई वडाध्यक्ष, कांग्रेस उपाध्यक्षसहित ३ वडाध्यक्षमा बैशाख ३० गते सम्पन्न निर्वाचनमा जितेकाे थियाे । अब कार्यपालिकामा कांग्रेसकाे बहुमत भएकाे छ । १३ कार्यपालिका सदस्य मध्ये कांग्रेसका १० जना र जसपाका ३ जना मात्र भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र...

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...