Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

सखुवाप्रसाैनीका अध्यक्षका उम्मेदवार जयसवालद्वारा ३० प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) उम्मेदवारी दिएका निर्वतमान गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले ३० बुंदे प्रतिबद्धता जारी गरेका छन् ।

गाउँपालिका अध्यक्षका उम्मेदवार जयसवालले  गाउँपालिकाको नाम यथावत राख्दै र शिलान्यास भइसकेकाे स्थान औराहा पचगावा मै गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नेसहितकाे ३० बुंदै प्रतिबद्धता जारी गरेका हुन ।

उनले प्रत्येक वडामा आधूनिक चर्पी सहितको अपाङ्गमैत्री समुदायिक भवन/धर्मशाला निर्माण गर्ने, कृषि कार्यलाई आधुनिकिकरण गर्दै पशूपालन, दूधडेरी, तरकारी खेती, फलफूल खेती र जडिबूटी खेतीमा जोड दिने र किसानको उत्पादनको उचित मूल्य दिलाउन बाजार व्यवस्थापन गर्ने, वोरीङ्ग जडान भएको ठाउँमा विधुतीकरण तथा मोटरको व्यवस्था र खेत खेतमा सिंचाइ र कृषि मिटर जडान गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी, मलखाद, विउविजन र कृषि/पशू प्राविधिकको अभाव हून नदिन अधिकतम प्रयास गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने, किसान कार्ड बनाई किसानहरुलाई आवश्यक सूविधा र अनूदान प्रदान गर्ने, भुमिहिन, सूकूम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको लागत संकलन गरी सूकूम्बासी आयोगबाट लालपूर्जा उपलब्ध गराउने लगायतका प्रतिबद्धता जनाएका हुन् ।

उनले सार्वजनिक गरेकाे प्रतिबद्धता पत्रमा फूसको छाना भएका घरहरुलाई पक्की र जस्तामा परिणत गर्न जनता आवास कार्यक्रम संचालन गर्ने, पालिका भित्र सूविधा सम्पन्न अस्पताल निर्माण गर्ने र हरेक स्वास्थ्य संस्थालाई अझै व्यवस्थित गरी निःशूल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने  स्वस्थ्य आमा स्वस्थ्य वालबालिका कार्यक्रमलाई अझै प्रभावकारी बनाउने, सार्वजनिक स्थानको संरक्षण र सौन्दर्यिकरण गर्ने, सखूवा प्रसौनीलाई पर्यटक गन्तव्य स्थलको रुपमा विकास गर्ने, पर्सा जिल्लाको दोश्रो सेवा केन्द्रको रुपमा यस पालिकालाई विकसित गर्ने लगायतका कार्यक्रम तथा याेजनाहरु समेटिएका छन् ।

जयसवालकाे प्यानलबाट गाउँपालिका उपाध्यक्षमा शर्मिला बिष्ट महताे, वडा नं. १ काे वडाध्यक्षमा अशाेक साह, वडा नं. २ काे वडाध्यक्षमा चिरन्जीवी प्रसाद महताे थारु, वडा नं. ३ काे वडाध्यक्षमा सदाम हुसैन अन्सारी, वडा नं. ४ काे वडाध्यक्षमा सरिफ मियाँ अन्सारी, वडा नं. ५ काे वडाध्यक्ष रुपलाल कुमार यादव र वडा नं. ६ काे वडाध्यक्षमा मुन्ना प्रसाद कम्मकर उम्मेदवार छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...