Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवा प्रसाैनीमा गाेली प्रहार गर्ने युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ औराहामा भएकाे गाेली प्रहारकाे घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । स्थानिय मंगलबहादुर भ्लाेनकाे घरमा गाेली चलाएकाे आराेप प्रहरीले सखुवाप्रसौनी गाँउपालिका वडा नं. १ औराहा बस्ने  २७ बर्षिय सल्टु महतोलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार बिहिबार राति ९:२० बजे भ्लोनको घरबाहिर गोली पड्किँदा निजको बाँसको टाटीमा माटोले लिपेको बेरा भएको घरको पश्चिमपट्टिको बेराबाट गोली प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको थियाे ।

साेही घटना  सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा महतोको संलग्नता रहेको खुल्न आएको हुँदा निजलाई शुक्रबार विहान ०९:३० बजे आफ्नो घर ठेगानाबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका महताेकाे घर खानतलासी गर्दा निजले घरनजिकै खाली जमिनमा रहेको नालीमा लुकाइछिपाई राखेको १२ बोरको १ नाले घरेलु बन्दुक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

महताेमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको व्यहोरा प्रवक्ता खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...