Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीमा गाेली प्रहार गर्ने युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ औराहामा भएकाे गाेली प्रहारकाे घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । स्थानिय मंगलबहादुर भ्लाेनकाे घरमा गाेली चलाएकाे आराेप प्रहरीले सखुवाप्रसौनी गाँउपालिका वडा नं. १ औराहा बस्ने  २७ बर्षिय सल्टु महतोलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार बिहिबार राति ९:२० बजे भ्लोनको घरबाहिर गोली पड्किँदा निजको बाँसको टाटीमा माटोले लिपेको बेरा भएको घरको पश्चिमपट्टिको बेराबाट गोली प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको थियाे ।

साेही घटना  सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा महतोको संलग्नता रहेको खुल्न आएको हुँदा निजलाई शुक्रबार विहान ०९:३० बजे आफ्नो घर ठेगानाबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका महताेकाे घर खानतलासी गर्दा निजले घरनजिकै खाली जमिनमा रहेको नालीमा लुकाइछिपाई राखेको १२ बोरको १ नाले घरेलु बन्दुक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

महताेमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको व्यहोरा प्रवक्ता खनालले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...