Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

सही नेतृत्व नचुने सम्म जनताले दु:ख पाइरहन्छ : अध्यक्ष लिङ्देन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले सही ब्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताकाे दुःख अन्त्य नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलबार वीरगंजमा आयाेजना गरेकाे आम सभा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताकाे दु:ख अन्त्य र देशको समस्या समाधानकाे सही व्यक्तिलाई निर्वाचित गर्नु पर्नेमा जोड दिए ।

उनले भने, “यदि सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारीको समस्या अँझै बढेर जान्छ । जनताका दुःख अन्त्य हुने छैन । अहिले को अवस्थामा सिटामोल पाउन पनि अदालतको आदेश कुनु पर्ने र पैसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउ नपाइने देशमा अरु बिकासको आश गर्न सकिदैन ।”

सिमित दलका सिमित व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको उनको आरोप थियाे । मधेशी शहिदको सहादतपछि मधेशले के पायो ? प्रशन गर्दै उनले मधेशबाट प्रतिनीधित्व गर्दै संसदसम्म पुगेर सत्तामा पुगेपनि मधेशी जनताकाे कुनै उपलब्धी नभएको बतारए ।

नेपाली चलचित्रकी नायिका रेखा थापाले मेहनत गरेर उत्पादन गरेको उखुको पैँसा समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी नचालेको वताइन । साथै नेपालको सिमाना बचाउनमा तराई मधेसको ब्यत्किहरुको धेरै भुमिकस रहेको बताइन।

यथास्थितीबाट देशलाई मुक्त गरेर अगाडी लैजाने राप्रपाको राष्ट्रिय अभियानमा हातेमालो गर्न उनले आग्रह समेत गरिन ।

राप्रपाका पुर्ब केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री डा. प्रकास चन्द लोहनीले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा केही तत्वहरुले लुट तन्त्र मच्चाइरहेको आरोप लगाउँदै अमेरिकाकाबाट ४० करोड ल्याएको रुपैंयाको हिसाब किताब गर्दा अहिले सम्म नदिएको र सम्पत्ति सुदृढीकरण बिभागमा निवेदन समेत दिदा निकास नपाएको ले यो देशको लाज मर्दो काहानी भएको बताए ।

जिल्ला अध्यक्ष अंगद ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ध्रुव प्रधान, केन्द्रिय सदस्य डा. राजेस गिरी, भुवन पाठक, मिना सुबेदी, मधेस प्रदेश अध्यक्ष भरत गिरी, पर्सा जिल्ला उपाध्यक्ष रामयोधा राउत, अवध किसोर साह, शान्ती केशी, कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मि, जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...