Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

पाेखरियामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, ३ घाइते

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नं. ४, वसन्तपुरस्थित नहरनजिकैको सडकमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका वडा नं. ३ गुलरीयाका ३५ वर्षीय ललन पटेल र पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोबीनी गाउँपालिका वडा नं. ३ गुलरियाका रोजदिन मियाँ, सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ एकडरवाका रंजित महत्तो र सोही ठाउँ निवासी सुपेन राउत गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान करिब साढे १० बजेको समयमा ना.३.प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा दुवै मोरटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेकाे प्रहरीले मृतकहरुको शव पोस्ट मार्टमको लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

घाइते तीनै जनाको वीरगंस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए । तीव्र गतिमा रहेका दुवै मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...