Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पाेखरियामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, ३ घाइते

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नं. ४, वसन्तपुरस्थित नहरनजिकैको सडकमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका वडा नं. ३ गुलरीयाका ३५ वर्षीय ललन पटेल र पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोबीनी गाउँपालिका वडा नं. ३ गुलरियाका रोजदिन मियाँ, सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ एकडरवाका रंजित महत्तो र सोही ठाउँ निवासी सुपेन राउत गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान करिब साढे १० बजेको समयमा ना.३.प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा दुवै मोरटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेकाे प्रहरीले मृतकहरुको शव पोस्ट मार्टमको लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

घाइते तीनै जनाको वीरगंस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए । तीव्र गतिमा रहेका दुवै मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...