Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रशासनिक भवनकाे शिलान्यास

spot_img
spot_img

वीरग‌ंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाे प्रशासनिक भवनकाे पूर्व उप प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।

गाउँपालिकाकाे वडा नं. २ पंचगावा बजारस्थित गाउँपालिका अध्यक्ष प्रदिप जससवालका बुवा रामेश्वर प्रसाद कलवार र आमा कलवाती देवीले दान गर्नु भएकाे  ९ कठ्ठा २ धुर जग्गा निर्माण हुने भवनकाे अध्यक्ष यादवले शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष यादवले अहिलेकाे समयमा अध्यक्ष जयसवालका आमा-बुवा जस्ताे दानबिर कमै मान्छे पाउने भन्दै प्रशंसा समेत गरेका थिए । 

वडा नं. ३ का वडाध्यक्ष सलिम मियाँ अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अध्यक्ष यादवले जग्गा दाता अध्यक्ष जससवालका बुवा-आमालाई फुल माला र दाेसल्ला ओढाएर सम्मान समेत गरेका थिए । 

हेलिकेप्टरबाट गाउँपालिकाकाे भवन शिलान्यास गर्न अध्यक्ष यादव काठमाडाैंबाट सिधै सखुवा प्रसाैनी पुगेका थिए ।

भवन शिलान्यास कार्यक्रममा संघिय सांसद प्रदिप यादव, जसपा नेता राजेशमानसिंह, प्रदेश सांसद मनजुर अन्सारी, करिमा बेगम, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...