Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

अध्यक्षलाई दुर्व्यवहार गर्ने सखुवा प्रसौनीकी उपाध्यक्ष फुलमतीमाथि मुद्दा दर्ता

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी थरुइनीमाथि मुद्दा दर्ता भएको छ । गाउँपालिका अध्यक्ष प्रदीप जयसवाललाई दुर्व्यवहार गरेकी उपाध्यक्ष थरुइनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले अभद्र व्यहार मुद्दा दर्ता गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष जयसवालले उपाध्यक्ष विरुद्ध दिएकाे किटानी जाहेरीकाे आधारमा अभद्र व्यवहार र कुटपिट गरेको आरोपमा थरुइनी विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

अध्यक्ष जयसवालले जाहेरीकाे साथ साथै थरुइनीले कुटपिट गरेको सिसी क्यामेराको फुटेज (भिडियो) प्रमाण पेश गरेपछि प्रहरीले मुद्दा दर्ता गरेकाे हाे ।

सुरुमा उपाध्यक्ष थरुइनीले गाउँपालिका अध्यक्ष जयसवालले अन्य जनप्रतिनिधिसँग मिलेर आफूलाई दुर्व्यवहार गर्दै कुटपिट गरेको सञ्चारमाध्यमलाई बताएकी थिइन । कुटपिटबाट आफू घाइते भएको भन्दै थरुइनी उपचार गराउन वीरगञ्जस्थित नारायणी अस्पतालसमेत पुगेकी थिइन ।

तर, त्यसकाे भोलीपल्ट अध्यक्ष जयसवालले उपाध्यक्षद्वारा लगाईएको सबै आरोपहरु निराधार भएको बताउँदै उल्टै आफूमाथि थरुइनीले बोत्तल प्रहार गर्दै दुर्व्यवहार गरेकाे बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर उक्त घटनाको सिसीटिभी भिडियो आफूसँग सुरक्षित रहेकाे र उपाध्यक्ष थरुइनीले गरेकाे आफुमाथी गरेकाे दुर्व्यवहार विरुद्धकाे कारवाहीबाट बच्न उल्टै अस्पताल पुगेकाे जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले पनि थरुइनीविरुद्ध अभद्र व्यहारकाे मुद्दा दर्ता भएकाे वताए । उनले भने “उपाध्यक्ष थरुइनी विरुद्ध मुद्दा दर्ता भएकाे छ, पक्राउ पुर्जी पनि जारी भएको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेकाे छ, कानुनी पक्रिया अनुसार कारवाही पक्रिया अगाडी बढाउँन्छ ।”

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...