Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

हिन्दू परिषदको दोस्रो साधारण सभा सम्पन,अध्यक्षमा पुन: पटेल

spot_img
spot_img

वीरगंज । हिन्दु परिषद नेपालकाे दाेस्राे साधारण सभाले संतोष पटेलको अध्यक्षमा एक सय एक केन्द्रीय कमिटी सर्वसहमत चयन गरेको छ ।

परिषदकाे केन्द्रिय सदस्यमा बिजय गुप्ता, सुनीता रौनियार, संजय सरार्फ, लालबाबू प्रसाद कुर्मी, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, भरत सरार्फ, अजिता देवी पटेल, सजना खटिवडा, संजय अग्रवाल, उमेश साह कानू, किरण अग्रवाल, संतोष सरार्फ, सचितानन्द दुबे, बिनोद प्रसाद कुर्मी, सुनील गुप्ता, रमेश रौनियार, साहेब ठाकुर, राकेश चौधरी, कृष्णकान्त झा, दीपक चौधरी, मनोज ओझा, मनीष गुप्ता, पिंकी महासेठ, अमरेन्द्र साह, राधा मण्डल, राज कुमार रौनियार, शान्त बहादुर शाक्य चयन भएका छन् ।

यस्तै सर्वसहमत चयन भएका केन्द्रिय सदस्यहरुमा संतोष बस्नेत, श्यामसुन्दर राय, मनोज मण्डल, राम सोबित नायक, उपेन्द्र झा, बिभा ठाकुर, राममान सिंह महरजन, प्रीति रमण कलवार, साधना यादव, गायत्री साह, लोकनाथ भण्डारी, नबीन सिंह, मनोज राउत, लोकनाथ पाण्डे, दीपेन्द्र बुढा क्षेत्री, खगेन्द्र राज जोसी, अरुण झा, नितेश सिंह, तारकेश्वर कान्दू, ओमकार पाण्डे, नागेन्द्र सिंह, मनीराम रेग्मी, धीरेन्द्र मिश्रा, लक्ष्मी साह, शत्रुघ्न साह, रामेश्वर गुप्ता, मनोज बावरी, मनोज मित्तल, अमोद कुमार केवट रहेका छन् ।

बाराकाे अमलेखगंजस्थित क्यु२० होटेलमा भएको साधारण सभामा मुख्य रुपमा बिधान संशोधन, केन्द्रीय कमिटी चयन, भावी योजना बारे बृहत छलफल गरिएको थियो ।

 साधारण सभाले अध्यक्षसहित ५८ केन्द्रीय सदस्यहरु सर्वसहमतिबाट चयन गरेकाे र बाकी सदस्यहरु आवश्यकता अनुसार मनोनीत गर्ने गरिने छ । साथै सदस्यहरुबाट पदाधिकारी चयन गर्ने जिम्मा नव निर्वाचित केन्द्रीय अध्यक्ष संतोष पटेललाई दिएको जनाइएकाे छ ।

साथै परिषदले समान उद्देश्य बोकेको संघ संस्थासंग सहकार्य गर्ने र सनातन धर्मको कार्य गर्ने ब्यक्तिलाई उचित स्थान दिएर समाहित गर्ने समेत निर्णय गरेकाे छ । परिषदको ७ प्रदेश र ७७ जिल्लामा संगठनलाई अझ मजगूत गर्ने र जनजागरण, प्रशिक्षण, सभा लगायतको कार्यलाई तीब्रता दिने पनि निर्णय भएको अध्यक्ष पटेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...