Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

छिपहरमाईबाट चरेश र पेस्ताेल बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ सिक्टा पुलस्थितबाट लागु औषध चरेश र पेस्ताेल बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बल बाेर्ड आउट पाेष्ट भिस्वाबाट प्रहरी निरिक्षक राजेश्वर प्रसाद साहकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले  लागु औषध चरेश जस्ताे देखिने बस्तु २ पकेट, कटुवा पेस्ताेल एक थान र उक्त पेस्ताेलमा प्रयाेग ७‍.६२ मि.मि राउन्ड एक थान बरामद भएकाे सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी निरिक्षक साहकाे कमाण्डमा गाडी माेबाइल टाेलीलाई देख्नसाथ सिक्टा पुलबाट भारत तर्फ पैदल जाँदै गरेकाे एक व्यक्तिले आफुले बाेकेकाे झाेला साेही स्थानमा फालि ब्यक्ति भारततर्फ भागन सफल भएकाे प्रवक्ता बस्नेतले वताए ।

उक्त झाेला भित्र प्लास्टिकमा बेरिएकाे अवस्थामा फेला परेकाे लागु औषध, पेस्ताेल र गाेली इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...