Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

तेली कल्याण समाजकाे अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: ध्रुव साह

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज नेपाल पर्साकाे ५ औं जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनगरस्थित नगर सभा गृहमा भएकाे अधिवेशनबाट समाजकाे जिल्ला अध्यक्षमा पुन: ध्रुव साह निर्विराेध निर्वाचित भएका छन् ।

अधिवेशनकाे बन्द सत्रबाट अध्यक्षमा निर्विराेध निर्वाचित साहलाई बाकी जिल्ला कार्य समिति चयन गर्ने पनि अधिकार दिएकाे छ ।

सम्पन्न अधिवेशनले दिनानाथ साहकाे संयाेजकत्वमा ५ सदस्यीय समाजकाे विधान पुन: लेखन समिति गठन गरेकाे छ । जुन समितिकाे सदस्यमा अधिवक्ता प्रमाेद साह, मेवालाल साह, रामेश्वर साह र लक्ष्मण साह रहेका छन् ।

अधिवेशनकाे उद्घाटन मधेश प्रदेश सरकारकाे अर्थमन्त्री शैलेन्द्र साहले गरेका थिए । अधिवेशनकाे उद्घाटन गर्दै अर्थमन्त्री साहले समाजकाे समाजिक परिवर्तन जरुरी रहेकाे वताए । उनले समाजमा रहेकाे कुरुति हटाउँदै समाजिक परिवर्तन जरुरी रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री साहले राज्यकाे हरेक निकायमा हुनु पर्ने प्रतिनिधित्व अहिले नरहेकाे वताउँदै समानजनक प्रतिनिधित्व जरुरी रहेकाे वताए । त्यसकाे लागि तेली समाजकाे साथ साथै वैश समाज बिचकाे एकता जरुरी रहेकाे उनकाे भनाई थियाे ।

कार्यक्रममा वाेल्ने अन्य वक्ताहरुले समाजमा करुतीकाे रुपमा रहेकाे दाइजाे प्रथा हटाउनु पर्नेमा जाेड दिएका थिए । 

अधिवेशन उद्घाटन सत्रमा मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह, प्रतिनिधि सभा सदस्य प्रमाेद साह, तेली कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, पूर्व मन्त्री अरविन्द साह, तेली कल्याण समाज नेपालका केन्द्रिय महासचिव राजदेव साह, केन्द्रिय सचिव सत्यनारायण साह, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, नेकपा एमालेका नेता बलिराम साह, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष सुबाेध गुप्ता लगायतकाले शुभकाना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन बिरेन्द्र साहले गरेका थिए ।

अधिवेशनकाे उद्घाटन सत्रमा घरेलु तथा साना उद्याेग कार्यालय वीरगंजका प्रमुख रिमा साहलाई सम्मान समेत गरिएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...