Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेका पर्सा अधिवेशनकाे कार्यतालिका हेरफेर, १७ गते मनाेनयन दर्ता र १९ गते मतदान

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे १४ औ जिल्ला अधिवेशनकाे कार्यतालिका पुन: हेरफेर भएकाे छ । नयाँ कार्यतालिका अनुसार फागुन १७ गते मंगलबार  विहान १० बजे मतदाता नमावली प्रकाशन र साेही दिन १० बजेदेखी ५:३० बजे सम्म उम्मेदवारी मनाेनयन पत्र दर्ता हुने छ ।

उम्मेदवारी मनाेनयन दर्ता नेपाली कांग्रेस पर्साकाे पार्टी कार्यालय रामगढवामा हुने जिल्ला निर्वाचन समितिले जनाएकाे छ । 

साेही दिन सांझ ६:३० बजेसम्म उम्मेदवारकाे दावी विराेध/फिर्ताकाे समयपछि अन्तिम नमावली तत्काल प्रकाशित गरिने निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीले वताए ।

फागुन १९ गते बिहिबार विहान १० बजेदेखी सांझ ५ बजे सम्म वीरगंजकाे आदर्शनगरस्थित बाल मन्दिरमा मतदान हुने अधिकृत केसीले जानकारी दिए । मतदान सकेपछि साेही दिन मतणना सुरु गरिने र मतपरिणाम पनि घाेषण गरिने उनले जानकारी गराए ।

जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्य समिति सदस्यहरुकाे लागि याे भन्दा अगाडी ताेकिएकाे मिति, समय जिल्लाका नेताहरुकाे सहमतिबाट नयाँ निर्वाचन कार्यतालिका हेरफेर गरिएकाे निर्वाचन अधिकृत केसीले वताए ।

उनका अनुसार पर्सामा एक हजार ८ सय १५ मतदाता रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...