Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

कालिकामाईमा एक महिलाकाे शंकास्पद मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा आमा-छाेरामा विवाद हुँदा आमाकाे मृत्यु भएकाे छ । स्थानिय ६५ बर्षिय पारवती देवीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृतककाे शव पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिकाे छ । प्रहरीले घटना सम्बन्धनमा अनुसन्धान गर्न २२ बर्षिय छाेरा भुलाई चाैरसिय भनिने जितेन्द्र चाैरसिया र उनकी श्रमतीलाई नियन्त्रणमा लिएकाे छ ।

स्थानियहरुका अनुसार मृतक पारवतीले केही दिन अगाडी आफ्नाे पांच कठ्ठा खेत बिक्रि गरेकी थिइन । खेत विक्रि गरे वापत आएकाे पैसा छाेरा जितेन्द्रले आमा पारवतीसंग माग्दै आएका थिए । खेत बिक्रि गरेकाे पैसा आमाले एकलाे छाेरा जितेन्द्रलाई दिन्न नमानेपछि विवाद भएकाे थियाे ।

विवादकाे विषयमा गाउँमा पंचायती समेत भएकाे थियाे । तर शनिबार विहान खाना बनाउने भन्सा घरमा आमा पारवती मृत्य भेटिएका हुन् । मृतक पारवतीकाे घाँटीमा चाेटपटक लागेकाे देखिएकाेले मृत्यु शंकास्पद रहेकाे प्रहरीले जनाएकाे छ ।

शवकाे प्रकृति हेर्दा मृत्यु कुटपिट अथवा घाँटी थिचेकाे कारणले भएकाे हुन्न सक्ने प्रहरीकाे अनुमान छ । तर अहिले नै केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

मृत्यु शंकास्पद रहेकाे वताउँदै प्रवक्ता खनालले पाेष्टमार्टमकाे रिपाेर्ट आएपछि मात्र मृत्युकाे कारण भन्न सकिने वताए ।  

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...

विश्व स्तनपान सप्ताह : मेडिकल कलेजमा शैक्षिक खेलौना प्रदर्शनी, ७६२ विद्यार्थी सहभागी

वीरगंज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगंजकाे नर्सिङ विभागले बिहीबार बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा...