Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

कालिकामाईमा एक महिलाकाे शंकास्पद मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा आमा-छाेरामा विवाद हुँदा आमाकाे मृत्यु भएकाे छ । स्थानिय ६५ बर्षिय पारवती देवीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

मृतककाे शव पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिकाे छ । प्रहरीले घटना सम्बन्धनमा अनुसन्धान गर्न २२ बर्षिय छाेरा भुलाई चाैरसिय भनिने जितेन्द्र चाैरसिया र उनकी श्रमतीलाई नियन्त्रणमा लिएकाे छ ।

स्थानियहरुका अनुसार मृतक पारवतीले केही दिन अगाडी आफ्नाे पांच कठ्ठा खेत बिक्रि गरेकी थिइन । खेत विक्रि गरे वापत आएकाे पैसा छाेरा जितेन्द्रले आमा पारवतीसंग माग्दै आएका थिए । खेत बिक्रि गरेकाे पैसा आमाले एकलाे छाेरा जितेन्द्रलाई दिन्न नमानेपछि विवाद भएकाे थियाे ।

विवादकाे विषयमा गाउँमा पंचायती समेत भएकाे थियाे । तर शनिबार विहान खाना बनाउने भन्सा घरमा आमा पारवती मृत्य भेटिएका हुन् । मृतक पारवतीकाे घाँटीमा चाेटपटक लागेकाे देखिएकाेले मृत्यु शंकास्पद रहेकाे प्रहरीले जनाएकाे छ ।

शवकाे प्रकृति हेर्दा मृत्यु कुटपिट अथवा घाँटी थिचेकाे कारणले भएकाे हुन्न सक्ने प्रहरीकाे अनुमान छ । तर अहिले नै केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

मृत्यु शंकास्पद रहेकाे वताउँदै प्रवक्ता खनालले पाेष्टमार्टमकाे रिपाेर्ट आएपछि मात्र मृत्युकाे कारण भन्न सकिने वताए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...