Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

महुवनमा जडान टावर लाईट अध्यक्ष जयसवालद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा टावर लाईट जडान गरिएकाे छ । महुवन बाजारमा जडान गरिएकाे टावर लाईटकाे शुक्रबार सांझ गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले उद्घाटन गरेका छन् ।

टावरलाईटकाे उद्घाटन गर्दै अध्यक्ष जयसवालले जडान गरिएकाे टावर लाईटबाट रातीकाे समयमा साे क्षेत्रमा कुनै पनि काम गर्न सहज हुने वताए । उनले गाउँपालिकाले भाैतिक पूर्वधारकाे साथ साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जन चाहना अनुसार काम गरेकाे दाबी गरे । 

गाउँपालिकाकाे उज्यालाे अभियान अन्तर्गत रु १२ लाख ४३ हजारकाे लागतमा टावर लाईट जडान गरिएकाे हाे । गाउँपालिकाबाट २०७८ माघ ७ गते रागनी कन्सट्रक्सन वीरगंजसंग २०७९ असार १५ सम्म उक्त टावर लाईट जडान गर्न सम्झाैता भए पनि सम्झाैता अवधि समाप्त भन्दा ५ महिना पहिलाले टावर लाईट जडान कार्य सम्पन्न गरेकाे हाे ।  

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...