Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

महुवनमा जडान टावर लाईट अध्यक्ष जयसवालद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा टावर लाईट जडान गरिएकाे छ । महुवन बाजारमा जडान गरिएकाे टावर लाईटकाे शुक्रबार सांझ गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले उद्घाटन गरेका छन् ।

टावरलाईटकाे उद्घाटन गर्दै अध्यक्ष जयसवालले जडान गरिएकाे टावर लाईटबाट रातीकाे समयमा साे क्षेत्रमा कुनै पनि काम गर्न सहज हुने वताए । उनले गाउँपालिकाले भाैतिक पूर्वधारकाे साथ साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जन चाहना अनुसार काम गरेकाे दाबी गरे । 

गाउँपालिकाकाे उज्यालाे अभियान अन्तर्गत रु १२ लाख ४३ हजारकाे लागतमा टावर लाईट जडान गरिएकाे हाे । गाउँपालिकाबाट २०७८ माघ ७ गते रागनी कन्सट्रक्सन वीरगंजसंग २०७९ असार १५ सम्म उक्त टावर लाईट जडान गर्न सम्झाैता भए पनि सम्झाैता अवधि समाप्त भन्दा ५ महिना पहिलाले टावर लाईट जडान कार्य सम्पन्न गरेकाे हाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...