Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

आमाकाे गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ : अध्यक्ष जयसवाल

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे छ । गाउँपालिकाकाे वडा नं. १ र २ का गर्भवती महिलाहरुलाई आइतबार गाउँपालिकाले पाेषिलाे आहार वितरण गरेकाे हाे ।

वडा नं. १ स्थित मधुवन मथाैल स्वास्थ्य चाैकीमा भएकाे कार्यक्रममा गर्भवती महिलाहरुलाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले पाेषिलाे आहार वितरण गरेका थिए ।

गर्भवतीमहिलाहरुलाई पाेषिलाे आहार वितरण गर्दै गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आमाकाे गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुने वताए । उनले गर्भवतीकाे समयमा महिलाहरुले विशेष ध्यान दिनु पर्ने सुझाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष जयसवालले गर्भा अवस्थामा महिलाहरुलाई अति आवश्यक पर्ने पाेषिलाे आहार वितरण गरिएकाे वताए । उनले गर्भावती महिलाहरुकाे लागि निशुल्क रुपमा भिडियाे एक्स्रे लगायतकाे सुविधा समेत गाउँपालिकाबाट निशुल्क रुपमा उपलब्ध गराइएकाे वताए ।

गाउँपालिकाले आइतबार एक कार्यक्रमकाे बिच वडा नं. १ का एक सय र वडा नं. २ का एक सय १० जना गर्भवती महिलाहरुलाई पाेषिलाे आहार वितरण गरेकाे सुचना अधिकारी भोजेन्द्र कुमार चाैधरीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...