Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

सखुवा प्रसाैनीमा ट्याक्टरको ठक्करले एक जनाको मृत्यु, ३ घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा सखुवाप्रसौनी गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजेश राउत कंकरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस्तै दुर्घटनामा स्थानिय ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने अन्दाजी २४ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् ।

उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । तीनै जनाको नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हुलाकी सडक अन्तर्गत वीरगञ्ज–ठोरी सडक खण्डमा रामनगरीबाट बहुअरी तर्फ आउँदै गरेको ना ७ त ५३७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...