Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

सखुवा प्रसाैनीमा ट्याक्टरको ठक्करले एक जनाको मृत्यु, ३ घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा सखुवाप्रसौनी गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजेश राउत कंकरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस्तै दुर्घटनामा स्थानिय ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने अन्दाजी २४ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् ।

उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । तीनै जनाको नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हुलाकी सडक अन्तर्गत वीरगञ्ज–ठोरी सडक खण्डमा रामनगरीबाट बहुअरी तर्फ आउँदै गरेको ना ७ त ५३७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...