Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेकपा एसद्वारा एमसिसि विरुद्ध वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । सतारुढ दल नेकपा (एकीकृत समाजबादी) पर्साका जनसंगठनहरुले एमसिसि विरुद्ध आइतबार वीरगंजमा प्रदर्शन गरेका छ्न् । प्रदर्शनमा सहभागिहरुले राष्ट्रघाती एमसिसि खारेज गर, एमसिसि हामीलाई चाहिदैन, एमसिसिको नाममा वैदेशिक हस्तक्षेप चल्दैन, गाे ब्याक एमसिसि लगायतका नाराहरु लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेको रातो बङला छेउबाट मोर्चा संगठनका कार्यकर्ताहरुले सुरु गरेकाे विराेध प्रदर्शन घण्टाघरमा पुगी काेण सभामा परिण भएकाे थियाे ।

काेण सभामा बाेल्ने वक्ताहरुले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा लागु हुन नदिने वताए । वक्ताहरुले जनभावना विपरितकाे एमसिसि बलजबरजस्ती लागु गर्ने खाेजीए आन्दाेलन गर्ने चेतावनी समेत दिएका थिए ।

युवा संघ वीरगंज महानगर कमिटीका अध्यक्ष उमेश ठाकुरको अध्यक्षतामा भएकाे कोण सभामा युवा संघका केन्द्रिय सचीव अरुण यादव, केन्द्रिय सचिवालय सदस्य अनिल पटेल, जिल्ला अध्यक्ष भुपेन्द्र साह, दलित मुक्ती संगठनका जिल्ला उपाध्यक्ष अमरदेव पासवान, अनेमा संघ समाजबादीका जोग माया तामाङ लगायतले एमसिसि सम्बन्धमा आ आफ्ना धारणाहरु राखेका थिए भने कार्यक्रमकाे संचालन श्रीलाल कुशवाहाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...