Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीकाे प्रमुख प्रशासकिय अधिकृतकाे विवाद समाधान

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे विवाद समाधान भएकाे छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा देवनाथ साहलाई पठाएपछि विवाद सामाधान भएकाे हाे ।

मन्त्रालयले माघ २३ गते छिपहरमाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत साहकाे सखुवा प्रसाैनी गाउँपालिकामा सरुवा गरेपछि उनी बुधबार हाजिर भएका छन् । साहलाई गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिकामा हाजिर गराएका हुन् ।

केही दिन अगाडी मात्र मन्त्रालयले सखुवा प्रसाैनीकाे निमित प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी राजेश राैनियारलाई दिएकाे थियाे । त्यस अघि सखुवा प्रसाैनीकाे निमित प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा भुजेन्द्र चौधरी गाउँपालिकाकाे कामकाज गर्दै आएका थिए ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवकाे पटेर्वा सुगाैली गाउँपालिकामा सरुवा भएपछि निमित प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी पाएका चौधरीले कामकाज गर्दै आएका थिए । तर त्यसकाे केहीदिन पछि मात्र आफु उनी भन्दा सेनियर रहेकाे भन्दै राजेश राैनियारले आदालतमा उजरी दिएपछि गाउँपालिकाकाे आर्थिक कामकाज प्रभावित हुँदै आएकाे थियाे ।

मन्त्रालयले त्यसकाे करिब दुई महिनापछि नयाँ प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा साहलाई पठाएपछि विवाद समाधान भएकाे वताइएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...