Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

कर्मचारीलाई दुर्व्यवहार गर्नेमाथी कारवाही नगरे कामकाज ठप्प पार्ने संगठनकाे चेतावनी

spot_img
spot_img
वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पु पटेलमाथी दुर्व्यवहार भएकाे छ । गाउँपालिकाकाे वडा नम्बर १ की वडा सदस्य शान्तिदेवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीकाे एक समुहले पटेललाई दुर्व्यवहार गरेका हुन् ।
 
गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेकाे ठेक्दारमार्फत खरिद नगरेकाे आक्राेशमा धर्मनसहितकाे समुहले योजना शाखा प्रमुख पप्पुलाई उनकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटकाे प्रयास समेत गरेकाे नेपाल निजामती कर्मचारी संगठन पर्साले जनाएकाे छ ।
 
स्रोतका अनुसार धर्मनले एक जना ठेकेदारसंग कमिसन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने डिल गरेका थिए । तर त्याे ठेक्दारकाे सप्लार्यस मार्फत गाउँपालिकाले माेटर खरिद नगरेपछि धर्मनसहितकाे समुहले बिहिबार गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पुकाे कै कर्यकक्षमा उनलाई २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन नदीई बेइज्जत गरेको हाे ।
 
संगठनका अध्यक्ष अमित कुमार गिरी र सचिव सुरेन्द्र प्रसाद यादवले एक प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीलाई दुर्व्यवहार गर्नेमाथी कारवाही नगरे कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।
जारी विज्ञप्तीमा धोबिनी गाँउपालिकाले १ देखि ५ नं. वडाका किसानहरुलाई मोटर वितरण गर्ने योजना स्वीकृत भै स्वीकृत योजना अनुसार धोविनी गाउँपालिकाले उक्त मोटर प्रकृया अनुसार खरिद गरी आवश्यक किसानहरुलाई मोटर वितरण गर्नको लागि वडामा पठाइसकिएकाे उल्लेख छ ।
 
कर्मचारी संगठनले ५।७ जना व्यक्तिहरुसंगै बिहिबार गाउँ कार्यपालिका कार्यालयमा पुगेका धर्मनले दुराशय मनशायले कार्यालयको कुनै पनि सामान खरिद गर्नको लागि र विकास योजना मैले भने मुताविक गर भन्दा मानेन र मोटर खरिदमा समेत मैले भनेको ठेकेदार मार्फत खरिद नगरेको र भने अनुसार वितरण नगरेको भनी जथाभावी गाली गलौँज गरी लछार पछार गर्दै कुटपिट समेत गर्ने प्रयास गरेको तथा कार्यालय कक्षमै २ घण्टा थुनी कोठा बाहिर समेत निस्कन नदीई बेइज्जत गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनााएकाे छ ।
यस्तो कार्यले राष्ट्र सेवक कर्मचारीहरुको मनोबल कमजोर हुने तथा सेवा प्रवाहमा समेत प्रभावकारीता कायम नरहने कुरा विज्ञप्तीमार्फत सचेत गराउँदै कर्मचारी संगठनले यसरी प्रतिशोध तथा पूर्वाग्रहबाट प्रेरित भएर कर्मचारीहरुको मान सम्मान तथा इज्जत प्रतिष्ठासँग खेलवाड गर्ने निज धर्मनलाई कानुन बमोजिम यथासिघ्र कारवाही गरी पिडित कर्मचारीलाई न्याय दिन प्रशासनसंग माग गरेकाे छ ।
 
अन्यथा पर्सा जिल्लाको सम्पूर्ण कार्यालय बन्द गर्ने चेतावनी दिदै संगठनले सोको सम्पूर्ण जिम्मेवार सम्बन्धित प्रशासनकाे हुने जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...