Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

राजधानी माग्दै वीरगंजमा साताैं दिन पनि प्रदर्शन

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशको स्थायी राजधानीको रुपमा जनकपुर कायम भएपछि पर्सामा सुरु भएकाे आन्दाेलन साताैं दिन पनि जारी रह्याे । वीरगंजलाई प्रदेशकाे राजधानी बनाउनु पर्ने माग गर्दै आन्दाेलन गर्दै आएका संयुक्त युवा विद्यार्थी संगठन साताैं दिन आइतबार माेटरसाइकल जुलुश निकालेकाे थियाे । 

वीरगंजकाे घण्टाघर चाैकदेखी निस्केकाे मोटरसाइकल र्‍याली नगर परिक्रमा गर्दै मुर्ली चौकमा पुगेर कोणसभामा परिणत भएको थियाे । विराेध र्‍यालीमा सहभागिहरुले जनकपुर राजधानी खारेज गर, वीरगंज राजधानी कायम गर, मुख्यमन्त्री मुर्दावाद, गद्दार विद्यायक मुर्दावाद लगायतका चर्काे नाराबाजी समेत गरेका थिए ।

कोण सभामा बोल्दै विद्यार्थी नेताहरुले बीरगंजलाई बेवास्ता गरिएकोमा चर्को आक्रोश पोखे । बीरगंजलाई राजधानी कायम गराउन निरन्तर विरोधका कार्यक्रमहरु गरिरहने उनीहरुकाे भनाई थियाे ।

सयुंक्त युवा विद्यार्थी संगठनद्वारा लोसपाका युवा नेता राजु गुप्ताको अध्यक्षतामा भएकाे विरोध प्रदर्शनमा नेवि संघका सुधिर पटेल, लाेसपाका सुजित गीरी, महादेव कुर्मी, अली हसन, अमित यादव, सगीर अली लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...