Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

भगवती बचतकाे १४ औं साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २४ मा रहेको भगवती बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष छटुराउत अहिरको अध्यक्षतामा बिहीबार भएकाे साधारण सभाकाे उद्घाटन नेफकुनका संचालक हरेराम प्रसादले गरेका थिए ।

साधार सभाकाे उद्घाटन सत्रमा संंस्थाले यसै बर्षबाट स्थापना गरेको संस्थाकी संरक्षण अभिभावक एवम् संचालिका स्वर्गीय ब्यक्तित्वहरु बास्मतियादेवी अहिरिन, कलिता देवी यादवको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट नारायणी एफएम तथा बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार माधुरी महतोलाई सम्मान गरिएकाे संस्थाका कार्यकारी निर्देशक रामनिवास देहातीले जानकारी दिए । महतोलाई प्रशंसा पत्रसहित पत्रकारिता क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको उनले वताए ।

कार्यक्रममा शिवम् साकोसका राजेन्द्र जैसवाल, बचत संघ पर्साका संचालक कुन्दन पाल, राष्ट्रिय सहकारी बैंक वीरगंजका प्रवन्धक संजय महतो, युवा स्वराज कोषका सुनिल रौनियार, मोहन अर्याल, कष्मिक बुढा, गगन सहकारीको राजेश राय, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष अस्गर अली, दिब्य बचतका धर्मनाथ कुशवाहा, बिन्दवासिनीका मनु पटेल डाँफे साकोसका कामेश्वर तिवारी, फूल साकोसका संदीप पटेल, ताज साकोसका ताज मंसुरी, महिमा साकोसका हृदयनाराण साह लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...