Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

भगवती बचतकाे १४ औं साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २४ मा रहेको भगवती बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष छटुराउत अहिरको अध्यक्षतामा बिहीबार भएकाे साधारण सभाकाे उद्घाटन नेफकुनका संचालक हरेराम प्रसादले गरेका थिए ।

साधार सभाकाे उद्घाटन सत्रमा संंस्थाले यसै बर्षबाट स्थापना गरेको संस्थाकी संरक्षण अभिभावक एवम् संचालिका स्वर्गीय ब्यक्तित्वहरु बास्मतियादेवी अहिरिन, कलिता देवी यादवको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट नारायणी एफएम तथा बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार माधुरी महतोलाई सम्मान गरिएकाे संस्थाका कार्यकारी निर्देशक रामनिवास देहातीले जानकारी दिए । महतोलाई प्रशंसा पत्रसहित पत्रकारिता क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको उनले वताए ।

कार्यक्रममा शिवम् साकोसका राजेन्द्र जैसवाल, बचत संघ पर्साका संचालक कुन्दन पाल, राष्ट्रिय सहकारी बैंक वीरगंजका प्रवन्धक संजय महतो, युवा स्वराज कोषका सुनिल रौनियार, मोहन अर्याल, कष्मिक बुढा, गगन सहकारीको राजेश राय, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष अस्गर अली, दिब्य बचतका धर्मनाथ कुशवाहा, बिन्दवासिनीका मनु पटेल डाँफे साकोसका कामेश्वर तिवारी, फूल साकोसका संदीप पटेल, ताज साकोसका ताज मंसुरी, महिमा साकोसका हृदयनाराण साह लगायतले शुुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...