Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

श्रीनिधिकाे १० औ बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजकाे १० औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । वीरगंज नगर सभा गृहमा भएकाे साधारण सभाकाे उद्घाटन प्रदेश २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिजय कुमार यादवले गरेका थिए ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री यादवले सहकारी ए‍ेन संशाेधन गर्न आफुहरु तयार रहेकाे वताए । उनले सहकारीकर्मीकाे सल्लाह र आवश्यकता अनुसारकाे सहकारी ए‍ेनमा संशाेधन गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री यादवले कृषी र सहकारीकाे क्षेत्रमा रचनात्मक काम गर्ने चाहना भएपनि केन्द्र सरकारले लगाएकाे अंकुशकाे कारण गर्न नसकिने स्विकार गरे । उनले देश कृषी प्रधान भएपनि कृषककाे मल, सिचाई, बजार लगायतकाे समस्या रहेकाे पनि स्विकार गरे ।

सहकारी संस्थाका अध्यक्ष प्रेम चुरामणी आचार्यकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा प्रदेश सभा सदस्य करिमा बेग्म, वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, वीरगंज आर्मी ब्यारकका गणपती मनाेज कार्की, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, हरि गौतम, डा. सुरेन्द्र चौरसिया, वडाध्यक्ष धुर्व नेपाल, अधिवक्ता ओमप्रकाश गुप्ता लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

संस्थाकाे काराेबार एक अर्व २ कराेड, नाफा ७२ लाख 

साधारण सभामा अध्यक्षकाे तर्फबाट सहकारी संस्थाकाकाे प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी निर्देशक चन्देशवर चाैरसियाले आ.व‍. २०७६/०७७ मा रु ३५ कराेड ८५ लाख ३८ हजार कर्जा लगानी रहेपनि आ.व‍. २०७७/०७८ मा ५७ प्रतिशतले बृद्धि भई ५६ काराेड १९ लाख ९६ हजार कर्जा लगानी गर्न संस्था सफल भएकाे वताए ।

उनले आ.व. २०७७/०७८ मा सम्पती वासलात अघिलाे बर्षकाे तुल्नामा ७९ प्रतिशतले बृद्धि भई ८४ कराेड ८३ लाख ३० हजार रहेकाे र हाल २०७८ मंसिर ३० गते सम्मकाे काराेबार १ अर्ब २ कराेड रहेकाे जानकारी गराए । संस्थाकाे नाफा ७२ लाख रहेकाे समेत निरदेशक चाैरसियाले प्रतिवेदन मार्फत जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...