Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

शिक्षा पत्रकार समाजकाे प्रदेश २ समिति बिस्तार

spot_img
spot_img

वीरगंज । शिक्षा पत्रकार समाजको प्रदेश न. २ को समिती विस्तार गरिएको छ । मंगलवार जनकपुरमा प्रदेश २ का आठ वटै जिल्लाबाट भेला भएका पत्रकारहरुको उपस्थितीमा बाह्रखरी डटकमका सुरेश यादव (धनुषा)को संयोजकत्वमा ११ सदस्यीय प्रदेश समिति विस्तार भएकाे हाे ।

शिक्षा पत्रकार समाजका केन्द्रिय अध्यक्ष प्रकाश सिलवालको प्रमुख आतिथ्यतामा विस्तार गरिएको कमिटीको सह संयोजकमा ग्यालेक्सी फोरके टेलिभिजनका विश्वनाथ ठाकुर (सर्लाही), सदस्यहरुमा गोरखापत्रका  ललिता साह (सप्तरी), ब्रहमास्त्र दैनिकका त्रिलोकीनाथ यादव (पर्सा), फरिच्छ नेपाल डटकमका शम्भु यादव (सिरहा), बाह्रखरी डटकमका कमलेश ठाकुर (धनुषा), रेडियो सुनगाभाका सुभद्रा भुजेल (महोत्तरी), सर्लाही अपडेट दैनिकका वन्दना झा (सर्लाही), राससका उत्तम उपाध्याय (रौतहट), गढी न्यूज डटकमका पवन यादव (रौतहट) र भोजपुरी टाइम्स दैनिकका प्रभु यादव (बारा) लाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

शिक्षा क्षेत्रमा आमूल परिवर्तन तथा शिक्षा क्षेत्रका सकारात्मक, राम्रा प्रयास, समस्या, वेथितीलगायतको क्षेत्रमा कलम चलाउनका लागि समाजले आफनो प्रादेशिक कमिटी विस्तारलाई निरन्तरता दिन प्रदेश कमिटी विस्तार थालेका छन् । समाजले यस अघि नै प्रदेश संयोजक तय गरि सकेको केन्द्रिय अध्यक्ष प्रकाश सिलवालले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...