Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

भेटेरिनरी प्राक्टिसनर पर्साको अध्यक्षमा गुप्ता सर्वसहमत चयन

spot_img
spot_img

वीरगंज । एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । होटल साह दरबार वीरगंजमा भएको अधिवेशनले कमलेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ ।

जसको उपाध्यक्षमा अणु राणा, सचिवमा विजय कुमार साह, सह–सचिवमा राम प्रसाद चौरसिया, कोषाध्यक्षमा जय सुन्दर पाल, सदस्यहरुमा नरेश महतो, अरुण पटेल, महम्मद समिर अंसारी, सुनिल यादव, जयप्रकाश यादव र शिवशंकर ठाकुर सर्वसहमत रुपमा चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. २ का सचिव डा. नम्रता सिंहले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै आ–आफ्नो क्षेत्रमा ईमान्दारी पूर्वक काम गर्न सुझाव दिए । अहिले पनि गाउँ घरमा भेटेरिनरी चिकित्सकहरुको अभाव रहेकोले पशु कृषकहरुलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गरे ।

बैजुलाल गुप्ताको अध्यक्षतामा भएको उद्घाटन शत्रमा पशु क्वारेन्टाईन कार्यालय वीरगंजका प्रमुख डा. हरेराम यादव, डा. पुस्पेन्दर साह, डा. दिनेश कुमार तिवारी लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...