Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

प्याब्सन पर्साको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा प्रधान चयन

spot_img
spot_img

वीरगंज । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पर्साको १५ औं जिल्ला अधिवेशनबा शनिबार सम्पन्न भएकाे छ । सम्पन्न अधिवेशनबाट प्याब्सन पर्साकाे अध्यक्षमा पुरन प्रधानसहित सम्पूर्ण १८ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको छ ।

होटल भिस्वामा सम्पन्न अधिवेसनको बन्द सत्रले अध्यक्षमा प्रधानसहित वरिष्ठ उपाध्यक्षमा सरोज प्रसाद चौधरी, उपाध्यक्षमा शिव गुप्ता, सचिवमा राहुल श्रीवास्तव, कोषाध्यक्षमा सुशीला साह, सह सचिवमा विरेन्द्र यादव, सह कोषाध्यक्षमा रामकिशोर यादवलाई निर्विरोध चयन गरेको हो ।

यसैगरी, सदस्यमा परिक्षा पिया लामा, राजेन्द्र चौधरी, मार्टिन मोक्तान, जेपी चौरसिया, सन्तोष कुमार, विश्वराज घिमिरे, सुरेश पन्त र सुदिल कुमार पनि निर्विरोध रुपमा चयन भएका छन् ।

निर्विरोध चयन भएका नव गठित कार्यसमितिका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त मणि पाख्रिनले शनिबार नै शपथ पनि खुवाएका छन् ।

यसअघि, प्याब्सन पर्साको १५ औं जिल्ला अधिवेशनको नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री यादवले गुणस्तरीय र व्यावहारिक शिक्षालाई सर्वसुलभ बनाउनुपर्नेमा जोड दिए । मन्त्री यादवले वीरगञ्जमा विश्वविद्यालय बनाउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

तुलनात्मक रुपमा मुस्लिम तथा दलित समुदाय शिक्षाको पहुँचबाट टाढा रहेको बताउँद यादवले आर्थीक, सामाजिक तथा सांस्कृतिक कारणले सिमान्तकृत समुदायका बालबालिकाले बिचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताए ।

अनिवार्य र निःशूल्क शिक्षा प्रदान गर्ने सरकारको दायित्व मौलिक हकमै उल्लेख भएपनि व्यावहारिक रुपमा कार्यनयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री यादवले सहकार्य र समन्वयात्मक भूमिका खेल्नुपर्ने बताए ।

प्याब्सन पर्साका नि. वर्तमान अध्यक्ष डा. हरिशंकर साहको अध्यक्षतामा भएकाे अधिवेशनको उद्घाटन समाराेहमा पर्सा क्षेत्र नं. ३ का निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद करिमा बेगम, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, चण्डी प्रसाद गण वीरगंजका प्रमुख सेनानी मनोज कार्की, प्याब्सनका केन्द्रिय सदस्य प्रकाश उपाध्याय, नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस जिल्ला सचिव श्याम पटेल, लोकतान्त्रिक समाजवादी पार्टीका शंकर कर्ण, प्रहरी उपरीक्षक रमेश बस्नेत, अभिभावक संघका अध्यक्ष अमर गौतम, प्याब्सनका सल्लाहकारहरु, संस्था आवद्ध विद्यालयका संस्थापक तथा प्रिन्सिप, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

नवदिप एकेडेमीकी प्रधानाध्यापिका सुशिला साहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण अशोक संग्रौलाले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...