Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पटेर्वा सुगौलीमा बालिका मैत्री भलिबल प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालीकामा रहेका माध्यामिक विद्यालय स्तरीय बालिका मैत्री भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शिक्षामा बालिकाहरुको पहुँच बढाउनको लागि दिव्य यूवा क्लव, पर्साले एक्सन एड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे । 

मंगलबार भएकाे प्रतियाेगिताकाे फाईनल खेलमा श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय निचुटा र श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, सुगाैली दा. प. बिच भएकाे खेलमा ३-० ले श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, सुगाैली दा.पु. बिजयी भएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए । फाईन खेलमा म्यान अफ द म्याच मनिषा चाैधरी भएकी थिइन ।

शिक्षाको साथ साथै बालिकाहरुमा शारिरीक तन्दुरुस्ती पनि हुनुपर्ने तथा अतिरिक्त क्रियाकलापहरुमा पनि उनीहरुको रुची उत्याधिक रहेको हुनाले बालिका मैत्री वातावरण सृजना गर्नको लागि सो भलिबल प्रतियागिता आयोजना गरिएकाे निर्देशक कुर्मीले बताए ।

प्रतियाेगिताकाे विजेता र उप विजेताहरुलाई पटेर्वा सुगाैली गारउँपालिकाकी उप प्रमुख ममता महताे वितरण गरेकी थिइन । 

पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै उप प्रमुख महताेले खेलले सकारात्मक सन्देश प्रवाह गर्ने वताइन । उनले छोरीहरुलाई घरको काममा मात्रै अल्झाउन खोज्ने हाम्रो सामाजिक मुल्य मान्यतालाई पनि यसले परिवर्तन गर्न सहयोग पुग्ने वताइन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उपाध्यक्ष महताेले छोरीहरुलाई शिक्षाको अवसर प्राप्त भए हाम्रो समुदायमा हुने गरेको बाल विवाहलाई पनि अन्त्य गर्न सहयोग हुने वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...