Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पटेर्वा सुगौलीमा बालिका मैत्री भलिबल प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालीकामा रहेका माध्यामिक विद्यालय स्तरीय बालिका मैत्री भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शिक्षामा बालिकाहरुको पहुँच बढाउनको लागि दिव्य यूवा क्लव, पर्साले एक्सन एड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे । 

मंगलबार भएकाे प्रतियाेगिताकाे फाईनल खेलमा श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय निचुटा र श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, सुगाैली दा. प. बिच भएकाे खेलमा ३-० ले श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, सुगाैली दा.पु. बिजयी भएकाे दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए । फाईन खेलमा म्यान अफ द म्याच मनिषा चाैधरी भएकी थिइन ।

शिक्षाको साथ साथै बालिकाहरुमा शारिरीक तन्दुरुस्ती पनि हुनुपर्ने तथा अतिरिक्त क्रियाकलापहरुमा पनि उनीहरुको रुची उत्याधिक रहेको हुनाले बालिका मैत्री वातावरण सृजना गर्नको लागि सो भलिबल प्रतियागिता आयोजना गरिएकाे निर्देशक कुर्मीले बताए ।

प्रतियाेगिताकाे विजेता र उप विजेताहरुलाई पटेर्वा सुगाैली गारउँपालिकाकी उप प्रमुख ममता महताे वितरण गरेकी थिइन । 

पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै उप प्रमुख महताेले खेलले सकारात्मक सन्देश प्रवाह गर्ने वताइन । उनले छोरीहरुलाई घरको काममा मात्रै अल्झाउन खोज्ने हाम्रो सामाजिक मुल्य मान्यतालाई पनि यसले परिवर्तन गर्न सहयोग पुग्ने वताइन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उपाध्यक्ष महताेले छोरीहरुलाई शिक्षाको अवसर प्राप्त भए हाम्रो समुदायमा हुने गरेको बाल विवाहलाई पनि अन्त्य गर्न सहयोग हुने वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरमा छठघाटकाे शिलान्यास

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...