Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

तिलावे पुल निर्माणकाे लागि युवाहरुकाे आन्दाेलन जारी

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेडने मुख्य सडकमा रहेकाे तिलावे पुल निर्माणकाे लागि युवाहरुले आन्दाेलन जारी राखे पनि सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन् ।

ठेक्दार कम्पनी पुप्पु र लुम्बनी जेभिकाे लापवारवाहीले पुल निर्माण हुन नसके कारण लामाे समयदेखी पर्सेली जनताहरु दुख पाईरहेता पनि सम्बन्धित निकायकाे ध्यान पुग्न नसकेकाे आन्दाेलनमा सहभागि युवाहरुले गुनासाे गरेका छन् ।

युवाहरुले पुल निर्माणकाे लागि दबाव समुह नै बनाएर करिब एक महिनादेखी आन्दाेलनमा उत्रे पनि सम्बन्धित निकायकाे ध्यान पुग्न नसकेकाे हाे । पुल निर्माण नभएका कारण दिनहु पुलमा घण्टाै जाम लाग्ने गरेकाे छ ।

युवाहरुले पुल निर्माणसंग सम्बन्धित कार्यालय र नेताहरुलाई ज्ञापन पत्र बुझाउने, पुल स्थलमा प्रदर्शन गर्ने, हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने लगायतकाे आन्दाेलनकाे कार्यक्रम गर्दै आएका छन् ।

साेही क्रममा शनिबार पनि आन्दाेलित युवाहरुले पुल निर्माण स्थलमा प्रदर्शन गरेका छन् । युवाहरुकाे एक समुहले पुल निर्माण कहिले ? लेखिएकाे पम्पलेट हालमा लिएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा युवाहरु राकेश यादव, दिनेश मिश्रा, सुजित गिरी, नरेश गुप्ता, जय यादव, राकेश महताे, मन्नु गिरी, रुपेश ठाकुर, सुधिर प्रजापति, जयराम यादव, नाैशाद आलाम, विजय यादव, फरिन्द्र चाैहान, राहुल चाैरसिया, जयराम चाैरसिया लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...