Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

निःशुल्क आँखा तथा दाँत शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय प्रसौनीको आयोजनामा शनिबार निःशुल्क आँखा तथा दात शिविर सम्पन्न भएको छ ।

शिविरमा महिला र पुरुषगरी १२० जनाको आँखा तथा दात चेकजाच गरिएको थियाे । जस मध्ये ५३ जनामा मोतियाबिन्दु भएको फेला परेकाे चिकित्सकहरुले जानकारी दिए । उनीहरुकाे निःशुल्क अपरेसन समेत गरिने समुदायिक आँखा अस्पताल वीरगञ्जका चिकिस्तक डाक्टर महेश सिंह धामीले जानकारी दिए ।

शिविरका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले इलाका प्रहरी कार्यालय प्रसौनीले यहाँको स्थनियाहरूको मन जित्दै अगाडि बढ्दै गरेको र आउने दिनहरुमा यस्तै किसिमका लोकप्रिय कार्यक्रमहरु गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ठ अथिति नेपाली कांग्रेस तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले प्रहरी संगठनले निकै नै सराहनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे । उनले यस कार्यले आम जनता र प्रहरीबीच सुमधुर सम्बन्ध कायम भएको र स्वास्थ्यको क्षेत्रमा ठूलो सफलता हासिल गर्ने वताए ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक विन्देश्वर यादवको अध्यक्षमा भएकाे शिविर उद्घाटन समाराेहमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्र, प्रहरी संगठनका कर्मचारी, चिकित्सकको टोलीमा महेश सिंह धामी, प्रियंका साह, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...