Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

हन्ड्रेडस ग्रुपकाे बार्षिकाेत्सवमा विभिन्न व्यक्ति र संस्थाहरु सम्मानित

spot_img
spot_img

वीरगंज । हन्ड्रेडस ग्रुप पर्साले आफ्नाे प्रथम बार्षिकाेत्सवकाे अवसरमा शनिबार एक कार्यक्रमकाे विच विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान गरेकाे छ ।

संस्थाले सानोपाईला, रुङ्टा वेलफेर सोसाइटी, युवा वचन संस्था, समृद्ध नेपाल, भाेलन्टियर समुह, पोखरिया युवा समाज, राउन्ड टेबल, इम्प्रोभिल नेपाल, साउथ जाेन स्कुल, वडा प्रहरी कार्यालय श्रीपुरलाई सम्मान गरेकाे हाे ।

यस्तै, नारायणी अस्पताल वीरगंजका डा. उदय नारायण सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल, प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी, युवा नेता राकेश यादवलाई सम्मान गरिएकाे संस्थाले जनाएकाे छ ।

यस्तै, मिडिया तर्फ कालिका टाईम्स, यात्रा डेली, प्रतिक दैनिक, वीरगंज संजाल लगायतकालाई कदर पत्रले संस्थाले सम्मान गरेकाे हाे ।

संस्थाले काेराेना महामारीकाे समयमा संचाल गरेकाे निशुल्क भाेजन शिविरमा सक्रिय भुमिका निर्वाह गर्ने आफ्नाे संस्थाका सदस्य आयुष राज बर्णवाल, अंकेश पाण्डे, सुशिल पटेल, आशिष गुप्ता, साेनु पटेल, अनिल गिरी, बिशेष साह, मधु साह, ज्याेती साह लगायतकालाई पनि समेत सम्मान गरिएकाे जनाएकाे छ । 

जिल्ला समन्वय समिति पर्साकाे सभाहलमा भएकाे सम्मान कार्यक्रमकाे उद्घाटन रुङ्टा वेलफेरका काेषाध्यक्ष सुरेश रुङ्टाले गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै काेषाध्यक्ष रुङ्टाले काेराेनाकालमा हन्ड्रेडस ग्रुपले गरेकाे कार्यकाे प्रशंसा गर्दै अगामी दिनमा पनि सहयाेग गर्ने प्रतिबद्धता जनाए ।

प्रध्यापक डा. सुस्मा तिवारी द्विवेदीले काेराेना कालमा युवाहरुले खेलेकाे भुमिका महत्वपूर्ण भएकाे वताइन । उनले मुलुकमा युवा नेतृत्व जरुरी रहेकाे वताउँदै युवाहरुलाई नेतृत्व लिनु पर्ने धारण राखिन । 

नारायणी अस्पतालका डा. उदय नारायण सिंहले काेराेना महामारीकाे समयमा उपचारको क्रममा संक्रमितलाई परिवारले छुन नचाहेको बेला युवाहरुको सक्रियता अमुल्य रहेको वताए । उनले काेराेनाकालमा युवाहरुकाे खेलेकाे भुमिकाकाे प्रशंसा गर्दै निरन्तरताकाे शुभकामना व्यक्त गरे । 

संस्थाका अध्यक्ष विनय गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समाजिक अभियान्ता प्रकाश थारु, साउथ जाेन स्कुलका प्रिन्सपल सराेज प्रसाद चाैधरी, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतना, युवा नेता राकेश यादव, सानाेपाइलाका जय साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सदस्य राहुल गुप्ताले संचालन गरेकाे कार्यक्रममा अतिथीहरुलाई संस्थाकी अनुराधा गुप्ता, जयन्ती मेहता र ज्याेती साहले स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...