Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसौनीमा एकल महिलालाई सम्मान

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एकल महिला सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नं. ५ महुवनस्थित स्वास्थ्य चौकीमा आईतबार भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले एकल महिलाहरुलाई छाता र टच वितरण गरि सम्मान गरेका थिए ।

वडाध्यक्ष रुपलाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र कुमार चा्रैधरी, समाजिक शाखा प्रमुख बिनोद यादव, वडासचिव रमेश साह लगायतको सहभागिता रहेको थियो ।

यसैगरी, वडा नं. ३ कटेयामा पनि एकल महिला सम्मान कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका योजना शाखा प्रमुख सुनिल कलवारले बताए ।

वडा अन्तर्गतका एकल महिलाहरुलाई छाता र टर्च वितरण गरि गाउँपालिका अध्यक्ष जयसवालले सम्मान गरेको उनले जानकारी दिए । सो कार्यक्रममा वडा अध्यक्ष सलिम अंसारी, वडा सचिव बृजकिसोर प्रसाद लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...